“हिमालयन भाईब्स” द्वारा क्यानेडियन नेवाः गुथि द्वारा संचालित मादल प्रशिक्षार्थीहरु संग सांगितिक सह अभ्यास

इनेप्लिज २०७५ चैत ११ गते १:१७ मा प्रकाशित

ब्राम्प्टन, नेपाली लोक संगीतको प्रबर्द्दनको लागि प्रयासरत टोरोन्टो स्थित सांगीतिक समुह “हिमालयन भाईब्स” द्वारा हालै ब्राम्प्टनमा मादल प्रशिक्षार्थीहरु संग सांगितिक सह अभ्यास गरेको छ । क्यानेडियन नेवा गुथिद्वारा संचालित उक्त ३ महिने मादल प्रशिक्षणका प्रशिक्षार्थीहरु संग “हिमालयन भाईब्स”ले पूर्ब , पक्षिम तथा हिमाली भेकका लोकप्रिय लोकगीतहरुमा संयुक्त रुपमा अभ्यास गरेका थिए । यसरी “हिमालयन भाईब्स” समुह संग संयुक्त अभ्यास गर्न पाएकोमा धेरै प्रशिक्षार्थीहरुले खुशी ब्यक्त गर्नुको साथै उत्साहित भएको बताएका थिए ।

क्यानडामा नेपाली लोक संगीतको प्रबर्द्दन तथा संरक्षण को उद्देश्यका साथ सन २०१६ मा स्थापित “हिमालयन भाईब्स” ले बिभिन्न संस्था संग मिलि तथा आफैले गरि नेपाली समुदायमा तीन वटा मादल प्रशिक्षण कार्यक्रम संचालन गरि सकेको छ भने क्यानडामा संचालन गरिएका स्थानिय तथा अन्तरराष्ट्रीय मेला मा तथा अमेरिकाका बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेक छन । साथै आगामि मे ४ का दिन दक्षिण एशियालि महिना को उपलक्षमा ओन्टारियोको हामिल्टन नगरमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन ।

क्यानेडियन नेवा गुथिले पनि नेवाः संस्कॄति तथा सामुदायिक कार्यक्रमको साथै पहिलो पटक संगीत सम्बन्धि तालिम संचालन गरेको गुथिका महा सचिब बिमल श्रेस्थले जनाउनु भयो । सो ३ महिने मादल प्रशिक्षण कार्यक्रम प्रसिद्द मादल बादक तथा मादल गुरु सानुराजा महर्जनको प्रशिक्षकत्वमा संचालन भै रहेको छ ।

प्रतिक्रिया