भरत दहालको गम्भीर खुलासा: बिप्लब माथिको प्रतिबन्ध नेपाललाई सिरिया बनाउने षड्यन्त्र हो।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत १० गते १३:२५ मा प्रकाशित

राजनैतिक बिस्लेसक भरत दहाल ले बर्तमान ठुला राजनैतिक दल र सरकारको भुमिका नेपाली स्वाधिनता र सार्वभौम सत्ता बिरुद्ध सक्रिय रहेको आरोप लगाएका छन । बिगतको माओबादी जनयुद्ध पस्चिमा शक्तिको सुनियोजित षड्यन्त्र भएको बताउदै आएका भरतदहालले प्रचण्ड पस्चिमाको एजेण्ट बनेर र बाबुराम पस्चिमाको प्रो इन्डियन एजेन्ट बनेर नेपालको सार्बभौमसत्ता बिरुद्ध प्रयोग भएको र आज उनिहरुको बिगतको भुमिकालाई स्वयं पस्चिमाहरुले एक्सपोज गर्दिए पछि सबै नाङ्गो बनेको टिप्पणी गरेका छन ।

प्रचण्ड र बाबुराममा फुट आउनुमा 12 बुदे सहमती पछि पस्चिमा र इन्डियन स्वार्थको एउटा कोर्स पूरा भएको र अर्को कोर्समा पस्चिमा र इन्डियनगरु आफैमा एक आपसमा सङ्काको स्थितितिमा रहेका कारण नेपाल भित्रको राजनैतिक प्रभाबमा आआफ्नो पकड कायम राख्ने पस्चिमा र इन्डियनहरुको संघर्सको छाया प्रचण्ड बाबुराममा देखिएको विश्लेषण गर्दै , पछिल्लो समय सरकारले पश्चिममा शक्ति सग आत्मसमर्पण गर्न थालेको विषयलाई छिमेकी चिनले स्वभाबिक नलिएको ले सरकारको गलत भुमिकाले मुलुक ठूलो द्वन्दमा पर्न सक्ने खतरा समेत रहेको उल्लेख गरेका छन । मुलुकलाई नियोजित रुपले नै सिरिया बनाउन खोजेपनी नेपाल अलगमहत्वको विशिष्ट मुलुक भएको ले यस्ता षड्यन्त्र असफलहुनेमा दृढ़ बिस्वास ब्यक्त गर्दै जनताले सचेत बन्ने समय आइसकेको उल्लेख गरेका छन |

प्रतिक्रिया