आजकल मेरो गल्लीमा कवी भेटिन्छन
केही पिएको कविता लेख्छन
केही पिएर कविता लेख्छन
केही प्रेमको कविता कोर्छन
केही कविताले प्रेम कोर्छन
आजकल मेरो गल्लीमा कवी भेटिन्छन
केही गाँउकी मायालु सम्झिन्छन
केही शहरमा मायालु फेर्छन
केही जागाराम बसी कविता कोर्छन
केही कवितामै जागाराम गर्छन
आजकल मेरो गल्लीमा कवी भेटिन्छन
कसैको कविताले पानी माग्छ
कसैको कविताले पानी पानी पार्छ
कसैको कविता बित्तामा अटछन
कसैको कविता डाँडा नाघ्छन
आजकल मेरो गल्लीमा कवी भेटिन्छन
केही समयले बनाएका कवी छन्
केही कवी समय बनाउदै छन्
केही कवी झितिज रंगाउछन
केही कवी ढल पुर्दछन
आजकल मेरो गल्लीमा कवी भेटिन्छन
केही कवी मरुभुमी झै उजाड छन
केही कवी हराभरा मरुउद्यान
केही कवी पिसाको धरहरा झै नुघेका
केही कवी स्ट्याचु अफ लिवर्टी झै ठडिएका
आजकल मेरो गल्लीमा कवी भेटिन्छन
केही कवीको आफ्नै नाम छ
केही कवीसंग आफ्नै दाम छ
केही कवी न घरका छन न घाटका
चुरीफुरी त तिनको छ बिल्लीबाँठका
यादवराज जोशी (समीर जोशी)
मार्च २४, २०१९, सेन्टरभील, भर्जिनिया
प्रतिक्रिया