विश्व कविता दिवसको उपलक्षमा पेन नेपालको कार्यक्रम

इनेप्लिज प्रतिनिधि २०७५ चैत १० गते २:४० मा प्रकाशित


विश्व कविता दिवसको उपलक्षमा पेन नेपालले पेन पश्चिम वङ्गालको प्रतिनिधि मण्डलको स्वागत तथा कविता वाचन कार्यक्रमको आयोजना गर्यो । पेन नेपालका प्रमुख सल्लाहकार प्रकाश ए राज, सल्लाहकार डा.रामदयाल राकेश तथा पेन वङ्गलादेशका निमित्त अध्यक्ष राजन गुप्ता अग्र आसनमा वसेपछि कार्यक्रम प्रारम्भ भएको थियो ।

कार्यक्रमको शुरुमा पेन वेष्ट वङ्गालका सचिव सुगत चौधरीले प्रतिनिधि मण्डलका सदस्यहरुको परिचय गराएका थिए भने नेपाली सहभागीहरुले आआफ्नो परिचय प्रस्तुत गरेका थिए । पेन नेपालका संयुक्त सचिव मित्रबन्धु पौदेलले स्वागत भाषण गरेका थिए ।

तत्पश्चात कविता वाचन प्राम्भ भएको थियो । पेन वेष्ट व्गालका कवि तथा नेपालका कविहरुले आलोपालो वङ्गला, हिन्दी, अङ्ग्रेजी, नेपाली, स्पानेली भाषामा कविताहरु वाचन गरेका थिए । कविता वाचन गर्नेहरुमा श्यामल मुखोपाध्याय, पुरुषोत्तम तालुकदार, तरुणकान्ती मुखर्जी, गौतम सेन गुप्ता, रुप कुमार पौल, सुगत चौधरी, हेमाङ्गराज गिरी, मित्रवन्धु पौडेल, गोविन्द गिरी प्रेरणा, राम दयाल राकेश, लालबहादुर भुजेल, मञ्जुल, समृध्द उप्रेती, विष्णुवहादुर सिंह, डा.यादव दवाडी तथा भीष्म उप्रेती थिए ।

कार्यक्रममा वेष्ट वङ्गाल पेन तथा पेन नेपालवीच गाढा सम्बन्ध विस्तार गर्दै लैजाने तथा संयुक्त कविता सङ्कलन निकाल्ने विषयमा प्रकाश ए राज, राजन गुप्ता तथा डा.रामदयाल राकेशले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन पेन नेपालका सचिव कवि भीष्म उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया