मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:३४
वासिङटन डिसी 10:49

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति द्वारा बैठकको सुचना

इनेप्लिज २०७५ चैत ९ गते २३:५० मा प्रकाशित

डी सी मेट्रोबासि दाजु भाई दिदि बहिनिहरु

महोदय/ महोदया

डी.सी. मेट्रो क्षेत्रमा नेपाली समुदायको ठूलो संख्यामा बसोबास भएर पनि हाम्रो आफ्नै सामुदायिक भवनको अभावमा हामीले कतिपय सामाजिक कार्यहरू सम्पन्न गर्न कठिनाई भोग्नु परेको र हाम्रा चाड पर्वहरू मौलिकरूपमा मनाउन नपाएको तथ्य यहाँलाई विदितै छ ।

यो खाँचोलाई पुरा गर्न देहायका उद्देश्य राखेर एउटा सामुदायिक भवन बनाउने अभियान शुरू भएको कुरा पनि यहाँलाई विदितै छ । यस सन्दर्भलाई लिएर आर्थिक स्रोत जुटाउने उद्देश्यले एउटा सप्ताहाको आयोजना गर्न डिस्म्बर २९, २०१८ मा सम्पन्न सामाजिक भेलाले निर्णय गरे बमोजिम सप्ताहको लागि आवश्यक गृह कार्य गर्न र यस अभियानमा यस क्षेत्रका सबै सामाजिक संघ संस्थाहरूको सहभागिताका लागि छलफल गर्न सबै संघ संस्थाका अगुवा समाज सेवीहरू बीच देहायका मिति र स्थानमा छलफल कार्यक्रम राखिएको छ ।

सो छलफल कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । यो अभियानमा यहाँहरूको सहयोग, रचनात्मक सुझाव, सक्रिय सहभागिता एवं एक्यबद्धताका लागि हामी विनम्र अनुरोध गर्दछौँ ।

मिति: Saturday, March 30th
समय: 8.30 am
स्थान: Pohick Library
6450 Sydenstriker Rd
Burke VA 22015

सामुदायिक केन्द्रका उद्देश्यहरू:

नेपाली संस्कृति अनुसार गरिने जन्म देखि मृत्यु सम्मका संस्कारहरू सम्पन्न गर्न आवस्यक सामग्री सहित स्थल उपलब्ध गराउने ।

नेपाली चाडवाडहरू जस्तै नेपाली नव वर्ष, बुद्ध पूर्णिमा, जनै पूर्णिमा, तीज, दशैँ, न्हूँदया, तिहार, छठ पूजा, ल्होसार एवं फागु पूर्णिमा सामुदायिकरूपमा मनाउन, सामग्री, अर्चना सेवा र स्थल उपलब्ध गराउने

बालबालिकालाई पूर्वीय नृत्य, संगीत, नेपाली भाषा र नेपाली साँस्कृतिक ज्ञान दिन आवश्यक प्रबन्ध सहित स्थल उपलब्ध गराउने
योगा, ध्यान, आध्यात्मिक प्रवचन, भजन एवं सत्संगको लागि आवश्यक साधन सहित स्थल उपलब्ध गराउने

नेपाली साहित्यिक गतिविधिहरू संचालन गर्न स्थल उपलब्ध गराउने । नेपाली साहितकारहरूका तस्बीर र सालिक केन्द्रमा राख्ने र नेपालका पुस्तकहरु संग्रह गरी पुस्तकालयको लागि स्थल ,नेपाली युवाहरू बीच नेटवर्किंग र मेन्टोरिंगको लागि आवश्यक प्रबन्ध सहित स्थल उपलब्ध गराउने ,नि:शुल्क स्वास्थ्य सिविर, विभिन्न रोगहरू बारे जानकारी दिन, रोगहरूबाट बच्न र रोगग्रस्तहरूलाई रोग ब्यवस्थापन बारे स्वयंसेवी डाक्टर र नर्सहरूको सेवा सहित स्थल उपलब्ध गराउने

डीसी मेट्रो क्षेत्रका नेपाली समुदायका चासोका विषयमा वहस गर्न, स्थानीय राजनीतिक नेतृत्वहरूसंग अन्तरक्रिया गरी नेपाली समुदायको हित हुने मुद्दामा उनिहरूको समर्थन जुटाउन आवश्यक पहल सहित स्थल उपलब्ध गराउने

आयोजक

डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: [email protected]

प्रतिक्रिया