साहित्यकार गोविन्द गिरी प्रेरणालाई एक लाख रुपैयाँको अन्तरराष्ट्रिय पुरस्कार

इनेप्लीज प्रतिनिधि २०७५ चैत ९ गते १६:४२ मा प्रकाशित

नेपाली साहित्यमा सर्वाधिक सकृय , सर्वाधिक विधामा रचनाशील साहित्यकार साहित्यकार गोविन्द गिरी प्रेरणालाई एक लाख रुपैयाँको नई गणेशदुर्गा अन्तरराष्ट्रिय पुरस्कार समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कार आगामि वैशाख २८ गते काठमाडौंमा समर्पण गरिनेछ ।

नइ प्रकाशनको अघिल्लो शब्द र स्रष्टा इन्दिरा प्रसाईका बुबा स्वर्गीय गणेशप्रसाद शर्मा र आमा दुर्गादेवी नेपालका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरेको १ लाख रूपियाँ राशिको यो पुरस्कार नेपाली भाषासाहित्यमा नेपाली या नेपाली मूलका विदेशी स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ ।
विगत १४ वर्षदेखि अमेरिका प्रवासमा रहँदा पनि साहित्यकार प्रेरणा उत्तिकै सिर्जनशील रहेका छन् । हालसम्म उनका विभिन्न विधाका २४ मौलिक कृतिहरु प्रकाशित छन् । सम्पादन र अनुवादसहित उनका ३४ कृतिहरु प्रकाशित भइसकेका छन् ।

त्यसै गरी नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबू’का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे ‘रामबाबूको नाउँको
अघिल्लो अक्षर जोडेर स्थापना गरेको दुई लाख रूपियाँ राशिको नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

नई प्रकाशनले जारी गरेको प्रेस विज्ञप्ति यसप्रकार रहेको छ :

किरात, सुन्दास र गिरीलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याएबापत उहाँहरूलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका श्री गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरू समर्पण गरिनेछन् ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

प्रतिक्रिया