सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:१७
वासिङटन डिसी 23:32

अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप सम्बन्धि रोबर्ट मलरको प्रतिबेदन २२ महिना पछि प्रस्तुत

इनेप्लिज २०७५ चैत ९ गते ११:२९ मा प्रकाशित

अमेरिकाको ईतिहास मै सर्वाधिक चर्चा मध्ये कै एक बिषय रहेको रोबर्ट मलरको प्रतिबेदन अन्तत्वगत्वा प्रस्तुत भएको छ । यसलाई पूर्ण रुपमा सार्बजनिक गर्ने या नगर्ने बिषयले निकै चर्चा पाएको थियो । विभिन्न संचार माध्यमले व्हाइट हाउसले यसलाई पूर्ण रुपमा सार्बजनिक गर्दैन भन्ने आरोप लगाएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रंपले यसलाई अमेरिकी जनताले हेर्न पाउनु पर्छ भनेका छन् । सन् २०१६ मा अमेरिकामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मलर टोलीले न्याय विभागमा आफ्नो प्रतिवेदन पेश गरेको छ । गत मार्च २२ शुक्रबारका दिन उक्त प्रतिबेदन बुझाईएको हो ।

विशेष काउन्सिल(परामर्शदाता /अधिवक्ता ) मलर नेतृत्वको टोलीले २२ महिना लगाएर अनुसन्धान गरेर सो प्रतिवेदन तयार पारेको थियो । न्याय विभागले मलरको उक्त प्रतिबेदनको पूर्ण विवरण भने सार्बजनिक गरेको छैन ।

महान्यायाधिवक्ता विलियम बारलाई बुझाएको प्रतिवेदनलाई महान्यायाधिवक्ता विलियमले विश्लेषण गरी त्यसबाट प्राप्त सारांशलाई संसदमा पेश गर्ने लगायतका आगामी रणनीति तय गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पले मलरको अनुसन्धानलाई बोक्सीको शिकार भन्ने संज्ञा दिदै आएका थिए । यो प्रतिबेदनले स्वयम राष्ट्रपति तथा उनका ज्वाई समेत मुछिने अनुमान गरिएको थियो । सो प्रतिवेदनमा कुनै पनि किसिमको आरोप लगाइएको छैन ।

अनुसन्धान अगाडी राष्ट्रपति ट्रम्पका ६ पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीलाई यसै मामिलामा आरोप लगाइएको थियो । राष्ट्रपतीय चुनावमा रुसी हरुतक्षेप तथा राष्ट्रपति ट्रम्पको चुनावी अभियानका बीचमा रुससँगको साँठगाँठ लगायतका आरोपमा छानबिन भइरहेको थियो ।

विशेष काउन्सिलर रोवर्ट मुलरले बहुप्रतिक्षित रिपोर्ट महान्यायाधिवक्ता विलियम बारलाई बुझाएका छन् भने उनले बुझाएको पत्र सार्बजनिक भएको छ । मे २०१७ मा मलरलाई बिशेष काउन्सिलमा नियुक्ति गरे पछि ट्रम्पका सहयोगी पउल म्यानाफोर्ट ,अधिवक्ता माइकल कोहेन लगायत आरोप सहित दण्डित भै सकेका छन् ।

प्रतिक्रिया