सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:३८
वासिङटन डिसी 23:53

न्यू योर्कमा नक्कली नृत्य प्रमाण पत्र पेश गरि अमेरिका झिकाउने संचालक कानुनी फन्दामा

इनेप्लिज २०७५ चैत ९ गते २:४९ मा प्रकाशित

 

गत मार्च ६ तारिखमा न्यू योर्कमा गैर मुनाफा संस्था मार्फत नक्कली नृत्य प्रमाण पत्र पेश गरि अमेरिका झिकाउने संचालक कानुनी फन्दामा परेका छन् । उनले किर्ते प्रमाण पत्र तथा मंचमा नृत्य गरेको प्रमाण समेत बुझाएका थिए ।

उनि माथि पनि अमेरिकन सरकारलाई षडयन्त्र गरि बिदेशीहरु गैर कानुनी रुपमा अमेरिका पसाएको आरोप लागेको छ । आर्मेनिया राष्ट्रका स्टेला बोयादजिएन नामक व्यक्ति जो गैर मुनाफा संस्थाका संचालक हुन् ।

बिग एप्पल म्युजिक अवार्ड फाउन्डेसन इन्क जुन न्यू योर्कको क्विन्सको रेगो पार्कमा संचालनमा रहको छ । आर्मेनिया राष्ट्र एसियामा पर्छ । जुन पहिला सोभियत रुस रहेको थियो ।

उनले जनवरी २०१३ देखि डिसेम्बर २०१४ का बीच आर्मेनियाका नागरिकलाई अमेरिका ल्याउन कलाकारहरु परम्परागत नृत्यांगना टोलि हुन् भनि सिफारिस गर्दै किर्ते काम गरेको उनि माथि आरोप लागेको छ ।

उनले १० हजार डलर सम्म रकम असुली आदान प्रदान गर्ने र पी-३ प्रवेशआज्ञा को लागि निवेदन दिएका थिए । यदि सजाय सुनाइएमा १० बर्ष सम्म उनि माथि प्रवेशाज्ञा जालसाजी तथा २ बर्ष सम्म परिचय चोरीको समेत कैद हुन् सक्ने छ ।

श्रोत : युएससीआइएस

प्रतिक्रिया