सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:१०
वासिङटन डिसी 23:25

पेन्सेलभेनियामा नक्कली बिहे गराउने व्यक्ति पक्राउ

इनेप्लिज २०७५ चैत ९ गते २:०७ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यको एलेगेनि काउन्टी निवासीलाई अमेरिकन संघीय अदालतले एक बर्षको लागि प्रोबेसन (परीक्षणकाल )को दण्ड सजाय सुनाएको छ । उनि माथि अमेरिकालाई ठग गरेको आरोप लागेको छ ।

उक्त अदालतका वरिष्ठ जिल्ला न्यायाधिस डोनेट्टा एमब्रोजले म्याकिज रक्सका ५५ बर्षिय नोर्मन लि म्याकललाई सजय सुनाएका हुन् । सजायको सम्बन्धमा अदालतलाई जुन २०१६ देखि मे ४ २०१७ सम्म म्याकलले अन्य दुई व्यक्तिहरुसंग होमल्याण्ड सेक्युरिटी ,नागरिकता तथा अध्यागमन सेवा माथि षडयन्त्र गरेको
सूचना दिइएको थियो ।

उनले अमेरिका नागरिकले पैसा लिएर नक्कली बिहे गरे पछि नाइजेरियन नागरिकले स्थायी आवासीय पत्र (ग्रीन कार्ड )पाउने सक्थे । साथै उनले होमल्याण्ड सेक्युरिटी ,नागरिकता तथा अध्यागमन सेवालाई नक्कली तथा झुटो कागजात बुझाएका थिए ।

तस्बिर “माईएटोर्नी डटकम

प्रतिक्रिया