पुष्प खेती सरकारले व्यवस्थित बनाउँछ : राज्यमन्त्री चौधरी

इनेप्लिज २०७५ चैत ८ गते १२:२६ मा प्रकाशित

काठमाडौं, ८ चैत । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले पुष्प खेतीलाई सरकारले व्यवसायीक रुपमा बिकास गर्ने बताएकी छिन् ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल ध्दारा भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजीत “२२ औं फ्लोरा एक्स्पो २०१९’लाई उद्घाटन गर्दै चौधरीले आर्थिक बर्ष २०७४/७५मा बाहिर देशबाट ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तु आयात भएको बताइन् ।

यसलाई बिस्थापन गर्न व्यवसायीक रुपमा पुष्प खेती गर्न जरुरी रहेको मन्त्री चौधरीले बताइन् । नेपालको भौगोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिकोणले तराई देखि पहाडी जिल्लाहरुमा पुष्प व्यवसाय गर्न सकीने पर्याप्त ठाउँहरु रहेको मन्त्री चौधरीले बताइन् ।

प्राये सबै नेपालीहरुले घर अगाडी वा छतको गमलामा घरको सुन्दरता बाढाउन फूल रोप्ने चलन भए पनि तराईको पूर्वदेखी पश्चिमसम्म जुनसुकै ठाउँमा व्यवासायीक रुपमा पुष्प खेती गर्न सकीने र बिदेश निर्यात समेत गर्न सकीने सम्भावना रहेको राज्यमन्त्री चौधरीले बताइन् ।

शहर केन्द्रित भइरहेको पुष्प खेतीलाई योजनाबद्ध रुपमा गाउँसम्म बिस्तार गर्नु पर्ने बताइन् । कार्यक्रममा पुष्प व्यवसायीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । ८ चैतदेखि दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया