मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

इनेप्लिज २०७५ चैत ८ गते ११:३० मा प्रकाशित


नुवाकोट,

मिलाप फाउण्डेसनले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारा सहित सामाजिक अभियान सुरु गरेको मिलाप फाउण्डेसनले शुक्रबार नुवाकोट, विदुर–३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

इभेन्टम्यानेजमेन्ट एसोसियन अफ नेपाल (इमान) र विदुर नगरपालिका वार्ड नं. ३को सहकार्यमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा एकसय ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरणा गरिएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटका सदस्य गणेशबहादुर शाहीको प्रमुख आतिथ्यता एवम् विदुर नगरपालिका–३का वडा अध्यक्ष बद्री रिमालको विशेष आतिथ्यतामा विद्यालयमा अध्यनरत विद्यार्थीलाई सामाग्री वितरणा गरिएको थियो ।

विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले चण्डी आधारभूतमा शैक्षिक तथा खेलकुद सामाग्री
कार्यक्रममा साथ सहयोग पु¥याउने सबैलाई धन्यावाद दिदै आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन । उनले नेपालमा २०७२ सालमा गएको विनासकारी भुकम्पमा आहत भएकाहरुलाई तत्काल राहत पु¥याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले समय समयमा सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरु तयारी गरिरहेको जनाकारी गराइन ।

प्रमुख अतिथि गणेश र विशेष अतिथि बद्री रिमालले मिलापले आफ्नो ठाउँमा आएर विद्यार्थीहरुलाई सहयोग पु¥याएकोमा धन्यवाद दिएका थिए । शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेल, महासचिव किरणप्रसाद अधिकारीले समाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा फाउण्डेसनका सचिव गोकर्ण लामिछाने, कोषाध्यक्ष रेखा पौडेल, सदस्यहरु सारिका घिमिरे, प्रल्लाहद केसी, सपना राई, राज न्यौपाने, योगेश काजी र जेनी कुवरको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया