बुद्धिमा बिर्को लागेका नेताहरु

नबिन बिक २०७५ चैत ८ गते १०:३४ मा प्रकाशित

गैर आवसिय नेपालीहरुलाई पहिला राजनितिक अधिकार बाहेकको नागरिता दिने सहमत भए पनी, अन्तिम घडीमा आएर उनीहरुलाई दोहोरो नागरिता लिएको पाईएमा जेल र जरिवाना सहितको जुन नियामवली पारित गरियो ।

यो अत्यन्तै अदुरदर्शी अपरिपक्क र लहडमै गरेको निर्णय भन्दा अरु केही होईन भन्ने सम्पुर्ण गैर आवासीय नेपालीले महशुस गरेका छन।एउटा कुरा उनीहरुले बुझ्नु पर्ने हो युरोप अमेरिका जस्तो सुबिधसम्पन राष्ट्रको नागरिक भैसकेका मान्छेहरु हाम्रो नेपाल जस्तो अतिकम बिकसित र बिश्वकै अति भ्रष्ट राष्ट्रहरुमा दोस्रो वा तेस्रो बरियात क्रममा पर्ने र चरम अभाव र बेतिथीको राष्ट्रमा पुन किन फर्किन चाहे भनेर सरकारले एक चोटी पनि अध्यन गर्न चाहेन वा जरुरी ठानेन?

किन ? गैर आवासीय नेपालीहरु मज्जाको आरामदायी र सुखदायी जिन्दगी बिट मारेर नेपाल फर्किनु भनेको नेपाल प्रतिको अगाध माया र प्रेमले गर्दा नै हो। यहा फेरी एउटा काईते प्रश्न उठाउलान कि यसरी माया गर्ने मान्छे बिदेशीएर किन गएको त ? देशले नेपालमै बसेर गरी खान सक्ने स्थिति बनाईदिएको भए, कल कारखाना खोलेर रोजगार दिन सकेको भए सायद कोही पनि नेपाली आफ्ना बाबु आमा स्वास्नी छोराछोरी र आफन्तलाई छोडेर बिदेशीने थिएनन। अहिले पनि दैनिक हजारौ युवा बिदेशीएका छन, के तिनीहरु देश र परिवारको माया नभएरै बिदेशिएका हुन त? अब उनि हरु नेपाल फर्किन नपाउने ?

अमेरिका, क्यानडा र युरोपले लगानीको आधारमा , शिक्षाको आधारमा र सिपको आधारमा बिदेशी नागरिकलाई आफ्नो देशमा बोलाएर ग्रीनकार्ड र नागरिता प्रदान गर्दै आईरहेको छ, र त्यसरी आएका आप्राबासी बिदेशीहरुको योगदानले आज अमेरिकाले बिश्वमा राज गरेको छ। अष्ट्रेलिया क्यानडा र युरोपले कति प्रगति गरेका छन, भारत र चीनले त्यसरी बिगतमा बिभिन्न कारणले बिदेशीएका आफ्ना नागरिकलाई बिभिन्न प्रलोभन देखाएर स्वदेश फर्काई , बिभिन्न सेवा र सुबिधा दिई रहेका छन ।

उनीहरुको सिप र अनुभब भरपुर रुपमा उपयोग गरिरहेका छन, गैर आवासीय नेपालीहरुले पहिलाको आफ्नो भएको नागरिता पुर्नबहाली गरिपाउँ भन्दा पनि आकासै खसे जस्तो र सिंहदरबार नै माँगे जस्तो भयो ? गैर आवासीय नेपाली भनेको नेपाल जस्तो रेमीट्यान्स र बिदेशी प्रबिधिमा निर्भर राष्ट्रको लागी बरदान साबित हुनेछन। किनकी उनीहरु संग १०-२० बर्ष बाहिर बस्दा संचित धन हुनेछ र यही अबधिमा उनिहरुले आर्जन गरेका अनुभव र शिक्षा पनि साथ हुनेछ र सबै भन्दा ठुलो कुरा नेपाली मन हुनेछ ।

अमेरिका,क्यानडा र युरोपले बिदेशीलाई नागरिता दिन हुने, उनीहरुको देशलाई कुनै खतरा नहुने तर नेपालले नेपालीलाई नागरिता दिदा खतरा हुने? यो कस्तो कुतर्क हो ? म ब्यापारको सिलसिलामा कैयो चोटी , अमेरिका , क्यानडा ,जापान, लगाएत मध्यपूर्व र एशियाका धेरै देश घुमेको छु, सबैको एउटै आशय हुन्छ, केही निश्चित रकम जम्मा गरेसी केही समय पछि नेपाललै फर्किएर केही ब्यबसाय गर्ने, नेपालमै केही रोजगार सृजना गर्ने ,म चीनमा बसेर ब्यापर गर्ने भएको हुदा मलाई धेरै बिदेश बस्नी साथीबरुले फोन गरेर मेसेज गरेर नबिन सर अब म केही समय पछि नेपाल जादै छु ।

नेपाल गएर के ब्यबसाय गर्दा राम्रो हुन्छ भनेर सल्लाह र सुझाब मागीरहनुहुन्छ, अमेरिकामा रहने साथीहरु पनि केही समय पछि ४०-५० बर्ष कटेपछि नेपालमै फर्केर केही लगानी गरी नेपालमा जिन्दगी बिताउने सोचमा रहेको धेरै पाएको छु। यस्ता रेडीमेड ट्यालेन्ट र प्रतिभाहरुलाई र अर्थतन्त्रलाई स्वागत गरी देशले भरपुर लाभ लिनको साटो उनीहरुलाई नै सधैको लागी ढोका बन्दगर्दै छौ?

यस्ले एनआरएनलाई भन्दा नेपाललाई नै अअपुरणिय क्षति हुन्छ, देशको हितकै कुरा गर्छो भने बिगतमा र अहिले पनि ५०००-२०००० मा किनबेच र भोटको लागी बाडीएको ४० लाख नागरितालाई के भन्छौ ? खारेज गर्न सक्छौ ? तिम्रा पिआर लिएका नेता देखाईदिए कार्यवाही गर्न सक्छौ ?

यदि देशलाई खतरा छ भने एनआरएन बाट होईन देशकै भ्रष्ट दलाल गध्दार नेता र कर्मचारी तन्त्रबाटै छ। म एक सच्चा नेपालीको हैसियतले नेपाल सरकार समक्ष यो निर्णयलाई पुन बिचार गर्न आग्रह गर्दछु ।

नबिन बिक
युवा ब्यबसायी
संरक्षक एनआरएनए,चीन

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया