संस्मरण: अन्डा फुटाउने बाबाकोमा भाग्य जचाउन जाँदा

शशी केसी २०७५ चैत ७ गते २२:५३ मा प्रकाशित

कुरा आज भन्दा यस्तै २०-२२ बर्ष अगाडी तिरको हो । हामी क्याम्पस पढने बेलाको, त्यो समय भनेको तेही युवा अवस्था , रमाइलो गर्न मन लाग्ने, तालबेतालको कुरामा नी हाँस उठ्ने , चन्चले उमेर के के के के ! अनि समाज र घर परिवारले चाहीँ धेरै नहाँस ,बाटो हिँडदा नी टाउको निहुराएर हिँड्नु ,बेलुका घरबाट बाहिर जाने हैन आदी इत्यादी भन्ने । पुरै भिन्न !!

हाम्रो मम्मीहरू धेरैजना दिदीबहिनी अनि सबै जसोको काठमाडौंको बिभिन्न शहरमा घर ,अनि उहाँहरूका हामी छोरीहरू साथी जस्ता ,उस्तै उस्तै उमेरका ,अनि सहि गलत जे पनि मिलिजुली गर्ने ! एकदिन यसै कताबाट सुन्यौं भक्तपुरमा एकजना अण्डा फुटा्उने बाबा छन् रे,भाग्य हेर्छन रे ! भाग्य ! के चाहियो अब,लाग्यौं एक बिहान भक्तपुरतिर बागबजारबाट मिनीबस चढेर भाग्य जचाउन हामी चारजना दिदी बहिनीहरू! बसवाट सानोठिमीमा ओर्लेर हिँडदै बाबाको घरतिर लाग्यो। एकठाँउमा अल्मलिदाँ नजिकैको पसलेलाई सोध्दा सजिलै देखाईदिए बाबाको घर ।

भनेपछि बाबा निकैनै प्रसिद्ध रहेछन् जस्तो लाग्यो हामीलाई पनि । सबैले अण्डा आफै लग्नुपर्छ भनेको सुनेको थियौँ , किन्यौं अण्डा पनि। बाबाको घर पुगियो , घर तेही त हो २०-२२ बर्ष अगाडी काठमाण्डौंको वरिपरी देखिने माटोले बनेको, खपडाको छानो भएको दुइतल्ले जस्तै नै थियो।हामी त्यहाँ पुग्दा बिहानको एस्तै नौ बजेको थियो होला , घर भित्र पस्दा त ओहो! १५-२० जना युवा- युवती देखि पाका उमेरका महिला,पुरूषहरू बसिरहेका रहेछन् पालो कुरेर।

हामी पनि बस्यौं । पालैपालो सबैजना दोस्रो तल्लामा अण्डा बोकेर आफ्नो भाग्य जचाउँदै निस्के ! हामी पनि हाम्रो पालोमा सबैजना लाग्यौं माथि ! मनमा डरपनि लागिराथ्यो एक्लै कस्को जाने आँट र ! बाबाले अण्डा दुवै हातले लिनु भने, अनि तेसमा के के मंन्र पढेर पुजा गरे, त्यो अण्डालाई लिएर गए र प्याट्ट अध्यारो भित्तामा फुटाएर ल्याएर हात थाप्नु भने।

आम्मै ! मेरो हातमा त पाकेको दाल भात पो आयो, अर्कोको हातमा कपालको गुजुल्टो, अर्कोले त आत्था भनिन , हेर्दा त आधा जलेको कपडाको पुतला पो छ , अर्कोको के थियो बिर्से ! यसो एकअर्काको मुख हेरेको त सबै डरले निलो कालो , बोल्न नसकिने भई हाल्यौं नी ! हतार हतार बाबालाई दक्षिणा दिएर टाप ठोक्यौं , कताको भाग्य जचाउनु !!!!

अन्त्यमा, धेरैपछि सुनियो ती बाबा त नक्कली पो रहेछन्

शशी केसी

प्रतिक्रिया