कुकुरको आक्रमणबाट चितुवाको मृत्यु

इनेप्लिज २०७५ चैत ७ गते १०:३० मा प्रकाशित

काठमाडाैँ, ७ चैत । गाेरखामा कुकुरको आक्रमणमा परेर एक चितुवाको मृत्यु भएको छ । पालुङटार नगरपालिका– ९ भोर्लेमा कुकुरहरूको आक्रमणबाट चितुवाको मृत्यु भएको हो ।

बिहीबार बिहान ५ बजे स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेपछि फार्मकै सुरक्षाका लागि पालिएका कुकुर प्रतिकारमा उत्रिएका थिए। कुकुरले आक्रमणबाट चितुवाको घाँटीमा घाउ लागेको छ। त्यसक्रममा चितुवा र कुकुरबीच डेढ घन्टा ‘भीडन्त’  भएको थियो।

छ वटा कुकुर मिलेर चितुवालाई आक्रमण गरेका जिल्ला वन अधिकृत इमनाथ पौडेलले जनाएका छन् । चितुवासँगकाे ‘भीडन्त’मा एउटा कुकुर पनि मरेको छ ।

जिल्ला वन अधिकृत इमनाथ पौडेलका अनुसार कुकुरसँगको भीडन्तमा मारिएको चितुवा कमन लियोपार्ड’ हो। पुच्छरसमेत गरी चितुवाको लम्बाइ पाँच फिट छ भने २ फिट अग्लो छ। उसको उमेर करिव डेढ/दुई बर्ष रहेको छ ।

प्रतिक्रिया