मुस्लिम आयोगको अध्यक्षमा अन्सारीले लिए सपथ

इनेप्लिज २०७५ चैत ७ गते १०:२५ मा प्रकाशित

काठमाडौं, ८ चैत । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले पद तथा गोपनीयतोका सपथ लिएका छन् ।

अन्सारीले बिहीबार बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । अन्सारीले बिहीबार नै पदभार ग्रहण गर्नेछन् ।

सरकारले अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले अन्सारीलाई अध्यक्षमा सपथ खुवाएको हो ।

प्रतिक्रिया