सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:३६
वासिङटन डिसी 23:51

एनएनएनए अमेरिकाका उपाध्यक्ष पदका उम्मेदवार बाला घिमिरे द्वारा होलीको शुभकामना

विजय थापा २०७५ चैत ६ गते २२:१७ मा प्रकाशित

अमेरिकाको शिकागो शहरलाई लामो समय देखि कर्मभूमि बनाउदै आएका समाज सेवी तथा व्यवसायी बाला घिमिरे द्वारा होलीको शुभ अवसरमा सबैलाई शुभकामना संदेश दिएका छन् । घिमिरेले नेपाल भित्र र नेपाल बाहिर रहनु हुने सम्पूर्ण नेपालीहरु बीच मित्रता र प्रगाढ सम्बन्ध स्थापित हुदै जाओस र सबैमा खुशियाली छाओस भने ईनेप्लिज मार्फत संदेश साथै शुभकामना दिएका छन ।

उनि गैर आवासीय नेपाली संघ अमेरिकाको हुन् गै रहेको निर्वाचनको लागि उपाध्यक्ष पदका सशक्त उम्मेदवार हुन् । सामाजिक संजाल मार्फत केही समय अगाडी नै घोषणा उठ्ने गरि सकेका छन् । फागू पूर्णिमा अर्थात् होली को पावन अवसरमा अमेरिकामा लामो समय देखि समाज सेवामा आफू संलग्न रहेको पुन :स्मरण गराउदै अमेरिकाका सबै नेपाली समुदायलाई सहयोग र साथ दिन हुन् आग्रह गरेका छन् ।

घिमिरे सिकागोका सफल ब्यबसायी हुन् भने विभिन्न संघ/संस्था संग आबद्ध छन । आन्माका पूर्व अध्यक्ष ,गत बर्ष भएको विभिन्न संघ/संस्थाहरुको सयुक्त रुपमा आयोजना गरिएको सयुक्त राष्ट्रिय सम्मेलनका सभाध्यक्ष ,शिकागो कमिसन अन हुमन रिलेसन एण्ड काउन्सिल मेम्बर सेक्रेटरी अफ स्टेट आईएल का इक्विटी परिषद सदस्य लगायत थुप्रै संघ/ संस्थामा आबद्ध छन् । घिमिरे नेपाली समुदाय को साथै अन्य समुदाय बाट पनि धेरै पटक पुरस्कृत भएका छन् ।

प्रतिक्रिया