सानो कथा : डि.भी परेको रात

सुशील नेपाल २०७५ चैत ६ गते ११:२९ मा प्रकाशित

सुशील नेपाल,युवावस्था टेक्ने वित्तिकै रघुनाथ विदेश जाने भने पछि हुरूक्कै हुन्थे।कुरा वुझ्दै गए पछि ऊन्ले डि.भी लटरीवारे सुनें र भरे,।

वाईस वर्ष पनि नपुग्दै ऊन्को विवाह पनि एऊटी सम्पन्न आईमाई कि एकमात्र छोरीसंग भएको थियो । ससुरा पनि एक्लो भएको र नजिकको नातेदार कोही नभएकोले लोग्ने मरे पछि, रघुनाथकी सासु को शेष पछि ऊन्की श्रीमतीलाई मनग्गे अपुताली हात पर्ने पक्का थियो ।

यसै विच ऊन्ले डि.भी भरे र पऱ्यो पनि । डि.भी परेको रात रघुनाथ मसक्क निदाउन सकेनन् ।उनी छटपटाई रहे ।अमेरीका जाऊं कि नजाऊंमा उन्लाई रात भरि निन्द्रा परेन ।एक्लै जाऊं कि परिवारै जाऊं, उनी गम्न थाले ।

भरखर सासुले आफ्नो सवै भएको जायजेथा छोरीको नाममा नामसारी गरिदिएको महिना दिन पनि भएको थिएन, सासु कि एउटै छोरी, सन्तानको नाऊंमा ऊन्की श्रीमती मात्र थिईन ।सासुलाई ऊनैले फकाएर जायजेथा नामसारी गराएर सासुआमाको राम्रो हेर विचार गर्ने विश्वास दिलाएका थिए ।

रात भरिको अनिदो पछि ऊन्ले श्रीमतीलाई आफूले सोचेको योजनाबारे सुनाए, । श्रीमतीले आमालाई के गर्ने नि भनेर चिन्ता गरे पछि, ऊन्ले भनें” तिमी चिन्ता नगर न, तिम्रो आमा र मेरो आमा एऊटै त हो नि के नै फरक छ र ? भनेर फस्लागं, फूस्लुगं पारेर मन जिते,।

यसै विच विवाह भएको ११ वर्षमा ती दम्पतीका दुई छोरा र एक छोरी जन्मी सकेका थिए। काखको चैं छोरो थियो, छोरीहरू कुरा वुझ्ने भै सकेका थिए, निक्कै ठूला नभए पनि जमाना अनुसारको कुरा वुझ्ने र विदेश जाने कौतुहलको मजा लिने भै सकेका थिए,।

डि.भी परे पछि ऊतै वस्ने भनेर सासुको त्यो अपुताली जेथा दुवै मिलेर टाकटुक वेचे ।अव वेला आयो सासुको टुंगो लगाऊने,।
राती खाना खाई ओरी दुवै जाना आमाको कोठामा गएर भने’ आमा हामीले एऊटा राम्रो योजना वनाएका छौं ,। यो धूवां धूलोवाट पनि मुक्ति पाईने, भनेर राम्रो जीवन शैलीको सपना देखाऊन थाले,। त्यतिन्जेल सम्पूर्ण जाय जेथा वेचेर डलर साटेको कुरो ती वरा सासुलाई अत्तो पत्तो दिएनन, ती धूर्त दम्पतीले ।
‘चिन्ता नगर्नु न आमा दुई चार महिनाको त कुरो हो नि ऊता राम्रो व्यवस्था भए पछि हजूरको ज्वाईं आएर ऊतै लगी हाल्नु हुन्छ नि’
आमा राम्रो कान नसुन्ने र दृष्टी पनि कमजोर थियो, सत्तरी वर्ष पनि कटेकी आमा चिन्तित भईन र आशु झारीन,। चंगुलमा परेकी सासु आमाले गर्ने भन्ने कुनै ठाऊ नै रहेन,।

छिमेकीहरूको पनि चित्त वुझेको थिएन, रघुनाथका साथीहरू पनि सम्झाएर यतै सानो तिनो काम गर्ने सल्लाह दिएका थिए। सासुको सवै जेथा वेचे पछि ऊन्ले अमेरीकामा ६ महिना कामै नपाए पनि वस्ने र खाने पैसाको डलर साटेका थिए.।

अब अमेरीका जाने दिन पनि आयो । दुवै मिलेर सासु आमालाई एऊटा घरको तेश्रो तल्लामा फराकिलो कोठाको व्यवस्था गरेर एऊटा कामगर्ने सुसारेको पनि व्यवस्था गरिदिए । झट्ट हेर्दा कोठा फराकिलो र राम्रो थियो, काम गर्नेको नाम कमला थियो ।
ऊता अमेरीकाको टेक्सस भन्ने ठाऊंमा ऊन्को साथी चन्द्र कुमारले डेरा खोजि दिएको खवर गरे र एयरपोर्टमा लिन आऊंछु र काम नपाऊंन्जेल खान पुग्ने पैसा पनि लिंदै आऊन भनेका थिए ।

काठमाण्डूबाट त्यो रघुनाथको परिवार अमेरीका डालस भन्ने ठाऊं तिर ऊड्यो ।विमान अवधि भर श्रीमतीले आमाको चिन्ता गरि रहिन र रघुनाथले फकाएर सान्तोना दिंदै अमेरीकाको डालसको एयरपोर्टमा ऊत्रे ।

एयरपोर्टमा चन्द्रकुमार लिन आएका थिए .। एऊटा वस्ने कोठाको पनि व्यवस्था मिलाई दिएका थिए । कुरै कुरामा रघुनाथले ल्याएको डलरको गन्ध पनि साथीले पाए ।

दुईचार दिन आराम गरे पछि रघुनाथले साथीलाई काम खोज्न अनुरोध गरे,। उन्ले चिताएको र सोचेको काम पाएनन् । भएको डलर कुटुकुटु मुसाले धान खाए जस्तै गरेर सक्न थाले ।

ऊता नेपालमा कमलाले सासु आमाको राम्रो हेरचाह गर्दै थिइ, तर त्यो पानी जस्तो पातलो पैसा विस्तारै विस्तारै सकिंदै थियो ।
आएको दुई चार महिनामा यता डलर पनि सकिन लाग्यो ऊता सासु आमालाई खर्च छोडेर आएको नेपालको पैसा पनि विस्तारै खान पीन र औखती मूलोमा रित्तिन लाग्यो । रघुनाथ वुढावुढीकै अंग्रेजी भाषाको समस्या भएकोले ऊनीहरू जस्तो काम गर्न पनि तयार भएको अवस्थामा पुगे ।

रघुनाथको विग्रदो अवस्था देखे पछि चन्द्रकुमारले कता कता वाट एऊटा लगभग सय वर्षका वुढावुढीको हेरविचार र सर सफाईको काम खोजिदिए । यो ऊ भन्ने अवस्थै थिएन, ऊन्ले त्यो काम नगरि धरै पाएनन् ।

नेपालमा खर्च सकिएर विलखवन्द मा सासुआमा परिसकेकी थिईन,। ४/५ महिना सम्म पनि तलव नपाए पछि कमलाले नचाहदां नचांहदै पनि बाबु आएर कमलालाई काम छोडाएर लगे ।

घर वेटीले केही महिना सम्म पैसा आऊने आश गरिराखेका थिए । रघुनाथ दम्पती भएको सवै पैसा सकेर वल्ल वल्ल एउटा काममा झुन्डिएका थिए,। काम पनि कस्तो भने वुढावुढीको डाईपर फेरि दिनु पर्ने , दिसा पिसाप सफा गर्नु पर्ने , ओल्टाई, कोल्टाई गरिदिनु पर्ने, यावत काम गरे पछि घर भाडा तिर्न र दुई छाक खाएर वालवच्चालाई स्कूलमा भर्ना सम्म गर्ने भए,।

वुढा वुढी भरे हो कि भोली हो? यो काम पनि जाने पो हो कि भनेर रघुनाथ पिर गर्न थाले ।

श्रीमती चैं, यस्तै गर्नु थियो भने घरै वसेर वरू आमाकै सेवा गर्ने थिएें नि भनेर कल्पिन थालिन, वेला वेलामा दुवै दिक्क भएर आफ्नो भाग्यलाई सराप्न थाले ।नेपाल फर्केर जाने वाटो पनि वन्द गरेका थिए यीन्ले सवै अपुताली वेचेर पाताल पसेक थिए ति ।

उता, नेपालमा वेखर्चि भएर आमाको विल्लिवाठ थियो , धेरै महिना फोसामा वसे पछि लाचार भएर सासुआमालाई त्यो डेराको घर छाडनु पऱ्यो , । अव ऊन्को टेक्ने समाऊने ठाऊं नै भएन,।

ऊतावाट रघुनाथ फर्केर आऊन सक्ने अवस्थै रहेन, नेपाल गएर पनि के गर्ने ? के खाने ? यस्को जवाफै थिएन, ऊता सासुआमालाई तल सडकको चौवाटोमा भीख मांगी राखेको सम्म देखियो, । तर अचेल अत्तो पत्तो छैन,कता गईन कता !…।

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया