मंगलबार, वैशाख १० २०७६
काठमाडौं १६:०९
वासिङटन डिसी 06:24

एनआरएन अमेरीकाको बोर्ड अफ डाइरेक्टर पदमा दुर्गा प्रसाद श्रेष्ठको उम्मेदवारी

इनेप्लिज २०७५ चैत ६ गते १०:५० मा प्रकाशित

 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको मेरिल्याण्ड शाखाका वर्तमान अध्यक्ष अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले एनआरएन अमेरीकाको आसन्न निर्वाचनको लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी को घोषणा गरेका छन् ।

उनले उम्मेदवारी घोषणा साथै प्रतिबद्धता साथै आफ्नो अनुभव र कहाँ कहा काम गरे भनि सामाजिक संजाल मार्फत आफ्ना भनाई राखेका छन् । उनले एनआरएन अमेरीकाको आगामी २०१९-२०२१ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका हुन् ।

उनि संग २ दशक सम्म नेपाल देखि अमेरिका सम्म को यात्रामा विभिन्न स्तरमा विभिन्न संघ/संस्था संग काम गरेको अनुभव छ । उनि भित्र समाज सेवा गर्ने भावना को साथै काम गरेर देखाई सकेका प्रमाणहरु थुप्रै छन् ।

उनको नेपाल घर पर्वत हो भने नेतृत्वको ईतिहास जेसिस बाट सुरु भएको हो । जेसिस अभियानमा उनको योगदान अतुलनीय छ भने पर्बत जेसिजको संस्थापक अध्यक्ष भई लामो समय काम गरि सकेका छन् ।

जेसिस को नेतृत्व संगै पर्बत उद्योग बाणिज्य संघको महासचिव, प्रथम उपाध्यक्ष हुँदै निर्बिरोध अध्यक्ष भएर काम गरेको अनुभव उनि संग छ । यसै गरि १९ वटा जिल्ला, नगर उद्योग बाणिज्य संघको संरचना पश्चिमान्चल क्षेत्रिय उद्योग बाणिज्य संघको अध्यक्ष भई काम गरेको अनुभव र नेपाल उद्योग बाणिज्य महासंघमा ३ कार्यकाल झन्डै ९ बर्ष केन्द्रिय सदस्य भई काम गरेको अनुभव उम्मेदवार श्रेष्ठ संग छ ।

अमेरिका बसाइको १२ बर्षको सिकाइ र भोगाइबाट केही गरौ भन्दै अमेरिकामा पनि उतिकै सक्रिय रहेका छन । श्रेष्ठ विभिन्न संघ/संस्थामा आबद्ध हुदै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको लागि संचालक समिति निर्देशक पदमा उम्मेदवारी दिने निधो गर्दै सार्वजनिक गर्दै सबै नेपाली समुदायलाई सहयोग गर्न र साथ दिन आग्रह गरेका छन् ।

संचालक समिति निर्देशक पदका उम्मेदवार दुर्गा प्रसाद श्रेष्ठको घोषणा पत्र जस्ताको तस्तै पूर्ण बिबरण सहित :

आदरणीय नेपाली बुवा-आमा दाजुभाइ तथा दिदीबहिनीहरू,

मातृभूमिबाट आई विकसित र शक्ति संपन्न राष्ट्र अमेरिकामा बसोबास गर्ने गौरवशाली नेपाली समुदाय ठूलो छ । यसमा हामीले गौरव गर्नुपर्दछ । कलाकार, साहित्यकार, डाक्टर, ईन्जिनियर,प्राध्यापक ,ब्यापारी समाजसेवी र विध्यार्थी गरी ठूलो समूहमा हामी नेपाली यहाँ छौं । हामी पहिलो पुस्ताका नेपालीहरूले हाम्रो भाषा-भेष, धर्म-संस्कृति र चाडपर्बको जगेर्ना गर्दै, आफ्नो पहिचानलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्दै त्यसलाई युग युगसम्म कायम राख्न समाज विकासको अभियान अब छुट्टै शिराबाट थाल्नु पर्दछ भन्ने मलाई लाग्दछ ।

मातृभूमिबाट लगभग आठहजार माईल टाढा हामी यहाँ आज गैरआवासिय नेपालीको हैसियतमा छौं र आफ्नो समाजको अस्तित्वको लागि आफ्नो समाजको विकास हामी आफैले थाल्नुको विकल्प नै छैन । यी सारा कुराहरूलाई मध्य नजर गर्दै मैले समाजसेवाको अभियानमा अझै बढी सक्रिय हुने अठोट गरेको छु। जन्मभूमि नेपाल रहँदा लगभग २१ बर्षको उमेरदेखि सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउँदा मलाई विभिन्न सघ संस्थामा नेतृत्वदायी भूमिका लिने अबसर प्राप्त भयो। त्यस दौरानमा पर्बतमा पर्बत जेसिजको स्थापना गरी संस्थाको संस्थापक अध्यक्ष भई धेरै कुराहरु सिक्न र अनुभव गर्न पाएँ ।जेसिजको सिकाइ र भोगाइबाट पर्बतमा रहेको पर्बत उधोग बाणिज्य संघमा महासचिव, प्रथम उपाध्यक्ष हुँदै पहिलो कार्यकाल निर्बिरोध अध्यक्ष भई मलाई काम गर्ने अबसर प्राप्त भयो र दोस्रो कार्यकाल निर्बाचन प्रक्रियाबाट अत्यधिक मत बाट बिजय प्राप्त गरी ४ बर्ष काम गर्ने अबसर प्राप्त भयो। मैले वि सं २०६१ देखि२०६३ सम्म १९ वटा जिल्ला, नगर उधोग बाणिज्य संघको संरचना पश्चिमान्चल क्षेत्रिय उधोग बाणिज्य संघको अध्यक्ष भई काम गर्ने मौका पाएँ । त्यसपछि मैले नेपालको आर्थिक क्षेत्र को मेरुदण्ड उधोगी व्यापारीहरुको छाता संघ नेपाल उधोग बाणिज्य महासंघमा ३ कार्यकाल झन्डै ९ बर्ष केन्द्रिय सदस्य भई काम गर्ने मौका पाएँ ।

त्यस बाहेक पनि अन्य विभिन्न संघ संस्थामा काम गरेको लामो अनुभव, अमेरिका बसाइको १२ बर्षको सिकाइ र भोगाइबाट केही गरौ भन्ने भावना आएकोले २०१२ मा पर्बत मोदीकाली समाज को स्थापना गरी सस्थापक अध्यक्ष भै ५ बर्ष काम गर्ने अबसर पाए र हाल गैर आबासीय नेपाली संघ मेरील्यान्ड च्याप्टरको (NRNA Maryland Chapter )(१७-१९) को अध्यक्ष पदमा रही काम गरी रहेको छु र अब कार्यकाल को अन्त्यतिर आइरहेको छु । यसै सन्दर्भमा आफ्ना अनुभबको सानो रूपमा भए पनि केही योगदान दिन सक्छु भन्ने उद्देश्यले निकट भविष्यमा हुन गइरहेको गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परीषदको निर्बाचनमा बोर्ड अफ डाइरेक्टर पदमा यहाँहरू माझ प्रस्तुत भएको छु । यहाँहरू सबैसंग यहाँहरूको साथ सहयोग र अमुल्य मत का लागि सविनय अनुरोध गर्दछु।

वहालाई हाम्रो अग्रिम शुभकामना छ ।

प्रतिक्रिया