अमेरिकाले ‘प्रचण्ड’को लागि परिपत्र जारी गर्दै कुनै छानविन नर्गने

विजय थापा २०७५ चैत ६ गते २:२५ मा प्रकाशित

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधान मन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका परिवार साथ गत मार्च १८ का दिन आई पुगेका छन् । बाल्टिमोर स्थित बिश्व कै उत्कृष्ठ अस्पताल जन हप्किन्समा प्रचण्ड पत्नी सीताको उपचार प्रारम्भ भएको बुझिएको छ ।

लामो समययता अस्वस्थ्य रहेकी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले पत्ता लाए पछि उनी सामान्य अवस्थामा थिईनन् । सीतालाई मधुमेह र उच्च रक्तचाप समेत रहेको बुझिएको छ । यस अघि सीताको उपचार भारत र सिंगापुरमा भए पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन नसकेकोले अमेरिका ल्याइएको हो ।

उपचारको सबै समन्वय राजदुत डा कार्कीको नेतृत्वमा वाशिंगटन डिसी राजदुताबासले गरेको छ । प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका आएका छन् । पछिल्लो जानकारी अनुसार पत्नी सीताको उपचार पछि प्रचण्ड १० दिन अमेरिका बसी नेपाल फर्कने योजना रहेको छ । झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि अमेरिका आउन लागेका नेकपा अध्यक्ष दाहाल हिजो परिवार सहित अमेरिका आएका हुन् ।

अमेरिका आउना साथ प्रचण्ड माथि नेपालीले उजुरी गरे पछि सामाजिक संजालमा व्यापक र छताछुल्ल भएको अवस्थामा अमेरिकाले ‘प्रचण्ड’को लागि परिपत्र जारी गर्दै कुनै छानविन नर्गने भनि निर्देशन गरेको संदेश सामाजिक संजाल र समाचारले उच्च स्थान पाएका छन् ।

यसै गरि मार्च १९ का दिन प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापाले सामाजिक संजाल मार्फत अमेरिकी सरकारले नो इन्भेस्टी गेसन सर्कुलर जारी गरि सके पछि कुनै पनि व्यक्तिका व्यक्तिगत उजुरी लाग्दैनन् भनि ध्यानाकर्षण गरेका छन् ।

साथै उनले अमेरिकी सरकारको निर्देशन नहुँदा सम्म प्रचण्ड बिरुद्ध कुनै प्रक्रिया अगाडी बढ्दैन भनि स्पष्ट परेका छन् । थापाले सत्यता हिन समाचार नबनाउन आग्रह गर्दै मानवीय समबेदनालाई ख्याल गर्नु पर्ने ध्यानाकर्षण गरेका छन् । उनले सफल उपचारको शुभकामना समेत दिएका छन् ।

प्रचण्ड आफ्नी पत्नी सीताको उपचारको लागि अमेरिका आएका हुन् । यस्तो अवस्थामा सामाजिक संजालमा उनि बिरुद्ध अमेरिकाका नेपाली खनिए ,नेपालीहरुमा आक्रोस र केही सामाजिक संजालमा भारतले अघोषित रुपमा लगाएको आर्थिक नाकाबन्दीको बिरुद्ध डिसीमा सम्पन्न जुलुसका तस्बिरहरुमा समेत प्रचण्ड तथा उपचार गर्न आएकी सीता दाहालको समेत तस्बिर प्रदर्शनमा देखाईएको छ ।

मनोबैज्ञानिक रुपले उपचार गर्न आएकि स्वयम् सीता दाहाल तथा अन्य परिवारजनलाई कस्तो संदेश दिन्छ । कस्तो प्रभाव पर्न सक्छ ? हामी कति संबेदनशील छौ त ?

सामाजिक संजालमा यत्रो खर्च कसरी उठ्यो भनि प्रश्न गरिएको छ । प्रचण्ड को बारेमा बेकारमा टाउको नदुखाउन सुझाव दिएका छन् भने अमानवीय काम कसैले नगरौ र सीताको शिघ्र लाभको कामना समेत गरेका छन् । बिरामी लिएर सात समुन्द्र पार उपचार गर्न आएका पूर्व प्रधान मन्त्रि पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको दाहालको ईनेप्लिज परिवार शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया