निडर नारी सम्मेलन-२०१९’ मा विश्वका ६ अगुवा महिलाहरू संगै डा बिष्णु माया परिवारद्वारा सम्बोधन

इनेप्लिज २०७५ चैत ५ गते २३:३६ मा प्रकाशित

अमेरिकाको न्यु जर्सीमा सम्पन्न ‘निडर नारी सम्मेलन-२०१९’ को अवसरमा सामाजिक अभियन्ता डा विष्णु माया परियार(मानार्थ विद्यावारिधि)सहित विश्वका ६ अगुवा महिलाहरूले सम्बोधन गर्ने अवसर पाएका छन् ।

जर्सी सिटीस्थित सेण्ट पिटर्स विश्वविद्यालयमा आयोजित सम्मेलनमा उक्त सम्बोधन गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्ने अतिथि वक्ताहरूमा डा. परियारको बाहेक बालबालिकाको लागि दक्षिण अफ्रीका हेर्ने ओप्राहा लिडरशीप एकाडेमीकि कार्यकारी समिति निर्देशक नोमपुमेलेलो नोबिभा,अन्तर्राष्ट्रिय वक्ता तथा लेखक रोबिन मेयेर्स ,संगठित संघ/संस्थाका प्रशिक्षक लिना कोहेन,,डिभाइन एसेट व्यवस्थापन कि भेलेरिया सान्चेज तथा लेखक ज्यक्विलिन समरभिल रहेका थिए।

सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले गत वर्ष क्यानाडाको ओन्टारियोमा आयोजित फियरलेस वुमेन सम्मेलन २०१८ लाई पनि सम्बोधन गरेकी थिईन्।

यो समाचार युएसनेपाल अनलाईन डटकममा प्रथम प्रकाशित भएको हो ।

प्रतिक्रिया