अतृप्त चाहना

भक्त गुरुंग बोस्टन यु.एस. २०७५ चैत ५ गते २२:१५ मा प्रकाशित

जीवन र समयको अन्तरसम्बन्ध छ ।  हरेक पलमा जीवनका अनुभवहरु संकलित हुंदा रहेछन । मानव भई यस धर्तीमा जन्म लिई सके पछि बिभिन्न किसिमका समस्याहरु आई रहदा रहेछन|समस्या समाधान गर्ने क्रममा विविध खालका घटना जीवनमा अनुभवका रुपमा आउदा रहेछन । कतिपय घटना क्षणिक स्मरण योग्य त कतिपय घटना जीवनका अंतिम पलसम्म ढक-ढकाईरहने हुंदा रहेछन घटनाहरु। को खाद बाट आज एउटा अनौठो घटना कोर्दैछु,मनलाई शान्ति प्रदान गर्दैछु ।

म काठमांडूमा पढ्दै थिए! आर्थिक अवस्था एकदम कमजोर भएको हुनाले अध्ययनलाइ निरन्तरता दिन जागीरको सहारा लिनु पर्यो|जागीर खाए पछि पढाईलाइ त्यति समय दिन नसक्नु स्वाभाविक नै थियो| जागिरको शिलशिलामा टाढा टाढा जानु पर्थ्यो | मैले एउटा प्राइवेट सेक्टरमा काम गर्दथे, ट्रेकिंग गाइडको रुपमा!धन,यानेकी भौतिक सुख सुबिधामा मलाई त्यति लालच थिएन | एउटा स्वाभाविक जीवन मलाई मन पर्दथ्यो! सायद त्यो मेरो सम्भावानाको परीधिबाट टाढा नै भएको ले होला…….| अश्वाभाविक र टाढाका चिजलाइ हात लगाउन अलि हिचकिचाहट लाग्थ्यो; अफिसबाट डेरामा आउ,खाना बनाउ,खाउ, फुर्सदको समयमा पत्रिका पढ़ यही नै मेरो दिनचर्या थियो!

समय बित्दै गयो,समय बित्ने क्रममा मेरो पनि बिस्तारै बिस्तारै मानिसहरुसंग परिचय, हेलमेल बढ्दै गयो!समाजका धनी-मानी अनि इज्जतदार भनौदा मानिसहरुसंग पनि हिमचिम बढ्दै गयो |तर मलाई तिनीहरुको अनावश्यक ढोंग पट्टकै मन पर्दैनथ्यो | सम्झन्थे , यिनीहरुको मन किन ढुंगाको जस्तो हुन्छ,यिनीहरूले किन भोक भोकै फुटपाथमा माग्ने मानिसहरुलाई हेला गर्दछन ?आफुलाई एक्दमै बुद्धिमान सम्झने,घमण्डी, पाखण्डी………………………………!

एकदिन म बसपार्कबाट ठमेलतिर साबिक कै झै आउदै थिए| बसमा, एउटी युवतीले मायालु नजरले हेर्दै थिई! हेर्दा उनी कुनै करोड़-पति बाबुकी एक्ली छोरी जस्ती लाग्थिन् | उनको शरीरको सुनका गरगहनाहरु,उनको अभिन्न अंगहरु झै झूली रहेका थिए| सुकोमल शरीर, आखामा मोहनी चमक,एउटी नारीमा हुनु पर्ने सम्पूर्ण गुणहरु,जुन एउटा पुरुषलाइ आकर्षण गर्न काफी थियो|त्यो मायालु नजरहरु सायद, म प्रति सहानुभूति थियो होला कारण म मा त्यस्ता वस्तुहरू केहि थिएनन| इज्जत छोप्न भनु या शरीरलाइ संरक्षण दिन,थियो मात्र आवश्यकीय वस्त्र…..|उनी मलाई सायद माया अनि सहानुभूतिको दृष्टिले हेर्दै थिई | म उनलाई तिरष्कृत नजरले हेर्दथे! तापनी उनको हेराइमा अनि मुस्कानमा मादकता थियो | म बयस्क भएको कारणले होला सायद म पनि नजानिंदोरुपमा आकर्षित भएको हुनु पर्छ, म पनि उनलाई लुकी लुकी हेर्दथें ,उनी आखा आखा छली छली मलाई हेर्द्थी| कहिलेकाही नजर मिल्दथ्यो,नजर अचल हुन्थे अनि नजर हटाउन नचाही नचाही मधुर मुस्कानका साथ नजर हटाऊ थिन् ! अच्चम यो जीवनको अनुभव…………….जीवन को परिभाषा!

बसको यात्रा हेराइमा नै सिमित रह्यो! हेराइमा अनि मधुर मुस्कानमा हामी एक अर्कामा बोल्यौ,मनले बोल्यो ,हृदयले बोल्यो तर हाम्रो मुखले बोलना सकेन,शारीरिक एवं भौतिकरूपले एक अर्कामा परिचित हुन सकेनौं!

कोठामा पुग़े सविकको भन्दा मलाई अर्कै अनुभूति भयो |भोक,प्यास हरायो| आफैलाई झुण्डीएको ऐनामा हेरें! आफैंलाई आफै प्रति लाज लाग्यो !आफ्नै छविले गिज्ज्याए जस्तो,भित्ताहरूले चिच्याएर गिज्याए जस्तो लाग्यो | कस्तो अनुभव पनि छ्या…लामो सास फेरें!भात पकाइन; सदा जस्तो भए थोत्रो स्टोभ घनन थर्कन्थ्यो| लथालिंग कोठा रुन्चे हाँसोले बोल्थ्यो,मसंग आज यो भएन; संपूर्ण भाँडाकूड़ाहरु मलाई ट्वाल्ल हेरी रहेका थिए| भित्तामा झुण्डीएको एउटा मेरो फोटो रुन्चे हाँसोमा मुस्काई रहेको थियो |त्यो मुस्कान निर्जीव फोटो…….!मलाई आज यो के भएको छ,आफैंलाई प्रश्न गरें| ……………………तन्द्राबाट ब्युझियें तापनी मनको ज्वारभाट शान्त हुँदै भएन……………………..!

चिसो ओच्छ्याँनले स्वागत गरिरहेको थियो| पहिले पल्टनसाथ निदाउने,आज नींद कोषौ टाढा थियो | केवल मनमा,दिमागमा त्यहि दिउँसोको युवतीको हेराइ र मंदमुस्कान थियो,उनको गुलावको जस्तो कोमल मुहार थियो ,स्वप्नशील अनुहार थियो …………….| फेवातालमा डुंगा (bote)मा सवार भई रहेका रहेछौं| हेर्दा हेर्दै उमङ्ग,खुशी र सन्तुष्टिको बिचमा ………..हाम्रो डुंगामा छेद परेको थाहा भएन | डुंगाले सन्तुलन गुमाउन खोज्छ ,युवती मलाई समात्न खोज्दा खोज्दै,मैले उनलाई समात्न खोज्दा खोज्दै ,उनि फेवातालको माझमा घोप्टिन पुग्छिन……………….मा चिच्याएछु ………….सपनी पो रहेछ!मेरो पुरै शरीर पसिनाले लतपत ………… म झस्कन्छु, लामो सास फेर्छु! वास्तविक जीवनमा पनि कल्पना गरें| सहिसक्नु भएन कल्पना परित्याग गरें| अन्यत्र नै सोच्न थालें| हो , त्यहि रात थियो, जुन मेरो जीवनको महत्वपुर्ण घटना……….| उनि प्रति किन कुन्नि , मेरो आस्था बढ्न थाल्यो, उनि मेरी सपनाकी राजकुमारी हुन थालिन |पलपलमा म उनकै साथमा रहन थालें| होसमा, बेहोसमा ,निन्द्रामा जेमा पनि उनि नै उनि थिई ,उनकै स्वप्निल मुहार……………….|

मेरो चिन्ता भन्नु सिर्फ जागिर थियो, मेरो करत्व्य थियो तर ति समस्याहरु अब मेरो लागि नगण्य भयो ! मेरो चिन्ताको बिषय केवल ती युवती थिइन्,जसले मेरो नींद मेरो चयन सजिलै मबाट खोसी दिएकी थिइन् !म काठमाडौँको चोक चोक ,गल्लि गल्लि भौतारिन थालें| देवताको मन्दिरमा कहिले नजाने म देवताको मुर्ति पुजा गर्न थालें| मुर्तिलाई उनको लागि माग्न थालें| म कति लाचार भएको थिएँ, म कति पागल भएको थिएँ कि ,तिनकालागि म मा धैर्यता भन्ने कुरा त रति थिएन म विवश प्रेमी भएको थिएँ| मलाई थाहा थियो तिनी मेरो जीवनमा कहिल्ल्यै पनि आउन सक्दिनन् भन्ने …….| तर म भौतारिएँ, डुलें, चिच्याएँ ……….तर असम्मंभव केवल अन्धकार केवल अन्धकार अनि रित्तो भविष्य …………………………….!

मेरो ड्युटीमा मलाई चाख थिएन ! धेरै दिन देखि अनिद्रा र भोकको कारणले मेरो अवस्था बाहिर बाट छर्लंग नै देख्न सक्थे | मेरो अस्वथ्थताको बारेमा मेरो मालिकहरु सोध्ने गर्दथे तर मा ठिकै छु भनि टारी दिन्थें | दिन भरीको काम देखि वाक्क लाग्थ्यो ,शनिबारको दिन म भोक भोकै गल्लि गल्लि घुम्दथें ,फुर्सद हुन साथ घुम्दथें,खोज्दथें !मलाई काठमाडौँको धुलो धुवाँ ,गर्मीको कुनै वास्ता हुँदैनथ्यो |मैले के लगाई रहेको छु भन्ने पनि वास्ता हुँदैनथ्यो| कपाल दाह्री लम्बिएर म चिन्नै नसक्ने भएको थिएँ| खोजे खोजे ………कहिँ पाइन .पाएँ मात्र निराशा केवल निराशा …………………..|

एकदिन ट्रेकिंगको शिलशिलामा मैले अन्नपूर्ण आधारशिबिर सम्म जानु पर्ने भयो| गोराहरु पोखराको प्राकृतिक दृश्य हेरेर मक्ख पर्दथे| मलाई त्यति मनमोहक दृश्य पनि एकदम फिका लाग्दथ्यो |फेवातालको किनारमा गइ उनैलाई सम्झन्थें | म यति भावुक भई सकेको थिएँ कि म उनि बिना बाँच्न अशंभव नै थियो | म एकदमै एकतर्फी मायाँ मा फंसेछु| मलाई एक मनमा लाग्थ्यो अब त्यो युवतीसंग मेरो न त बोलचाल छ न कुनै सम्पर्क म किन मरिरहेको छु| फेरी अर्को मनले मलाई अर्धचेतन बनाउँथ्यो ,म पागल हुन्थें| ट्रेकिंग पन्ध्र दिनको थियो |अन्तिम दिनमा म महेन्द्रपुलमा बेलुकीपख भौतारिरहेको थिएँ ! मैले ती युवतीलाई एउटा धनाढ्य करिव पचास बर्षका अधबैंशे पुरुषसंग हिराको हार हातले तौलन्दै गरेको देखें |मलाई कहाँबाट त्यत्रो जोश आएछ ,उनलाई देख्न साथ पक्रन पुगेछु ,उनि मलाई दङ्ग परेर हेरेको हेरेकै भई! कोहि अपरिचित युवकले एक्कासी यसरि आफ्नो बुबाकै अगाडी नै पक्रिएको देख्दा उनलाई साह्रै रिस उठ्नु स्वभाविकनै हो उनले मलाई गालामा झापड हानिन् !मलाई चोर भनि प्रहरीले पक्रिए ….म उनलाई समात्न लम्की रहेँ ,लम्की रहेँ …!बल्ल बल्ल आफुलाई निर्दोष साबित गरि प्रहरीको पन्जाबाट मुक्त हुन सफल भएँ\

काठमाडौँमा आए पछि पुन: मलाई एकान्त लाग्न थाल्यो| ट्राभल्स एजेन्सीमा भनि मैले पोखरामा नै आफ्नो जागिर सिफ्ट गरें|फेरी उही हालत पुन: चोक चोकमा खोज्न थालें| एकदिन उनि “बगरमा”सडकमा उभिईरहेकी देखें ! मैले पुन: आफ्नो हृदयकि राजकुमारी सम्झी पक्रन पुगेछु |मलाई पुन: त्यहाँका मानिसहरुले हातपात गरे,पिटे कुटे ,गाली गरे मा चुप चाप सहि रहेँ |समय बित्दै गयो मैले अब उनलाई पुन आफुलाई संयम गर्नु पर्ने अठोठ गरें \ आफ्नो स्वास्थ्य बनावट ठिक गरें| चुस्त स्फुर्त बनाएँ| अब भेट्न साथ पहिलेको जस्तो गल्ति नदोहोर्याउने सङ्कल्प गरें|

यस्तै मा मैले फेरी उनलाई झकि झकाउ अवस्थामा फेवाताल नजिकै भेटें| मैले नजिकै गइ उसलाई आफ्नो बारेमा सम्पूर्ण कुरा बताएँ| काठमाडौँ देखि पोखरासम्मको यात्रा अनुभव बताएँ | तिनी पनि एउटी कोमल हृदय भएकी नारी थिइन् नै त्यसकारण तिनले मलाई बुझिन्| हाम्रो एकार्कामा हिमचिम बढ्दै गयो | हामी एक अर्कालाई औधि चाहन थाल्यौं |जीवनका दु:ख सुख बाँड्ने कसम खायौं | समय अति चांडै बित्न थाल्यो | जीवनमा सुखद अनुभूति भयो ,आफ्नो तपस्या पुरा भएकोमा खुशी लग्यो

केहि वर्ष पछि ,समय बित्ने क्रममा ,भावनात्मक तवरले मात्र जीवन अवश्य बित्ने थिएन | जीवनको व्यवहारिक पक्ष पनि त्यतिकै महत्वपुर्ण हुन्छ \ म अति गरिब थिएँ,उनि अति नै धनि थिई, मैले कल्पना गरे जस्तै उनि करोढ़ पति बाबुकी एक्ली छोरी रहिछिन् |धनाढयहरु धनका घमण्ड त गर्छन् नै त्यसरी नै उनि पनि घमण्ड गर्थिन् !घर,बंगला गाडी आदिको बढाइ चढाई गर्थिन् , बिपरित म आदर्शवादी गफ गर्थें | विस्तारै यहि कारणले हामीमा मनमुटाव बढ्दै गयो | हाम्रा प्रेमका कसमहरु वाचाहरु चुंडीदैगए |अब त्यो पवित्र सम्बन्धमा आँच आउन थाल्यो|

तेही साल मङ्सिर महिनामा उनको विवाह शहरकै एउटा धनाढ्यको पुत्र संग धुम धामसंग सम्पन्न भयो| म पागल जस्तै भएँ तर पहिलाको जस्तो वेहोस् भईन म ! विवाह पश्चात् पनि उनि संग भेट भई रहन्थ्यो ! समबन्ध साथीको रुपमा थियो !जहाँ भेट भए पनि मैले उनलाई ब्यङ्ग गर्दथें ताकी उनको घमण्ड तोडु अनि उसमा पश्चाताप होस् !मैले सोध्ने गर्थें,”कस्तो छ त अहिले हजुरको जिन्दगि?” उनि हाँसी हाँसी भन्थिन् ,” म धनीकी छोरी थिएँ ,तिमी जस्तालाई मैले छाडेर राम्रै गरें !किनकि मा पनि तिम्रो लागि बोझ हुन सक्थें | तिम्रो त्यो जागिरले हाम्रो जिन्दगी अवश्य नै चल्ने थिएन | ” मन मा चोट पुग्थ्यो उनको तितो जवाफले , तैपनि त्यो देखाइन |

एकरात उनी मेरो कोठामा अकस्मात् देखा परिन् !मैले उनलाई मेरो बिबसतालाइ मजाक उडाउन आएकी हौली भनि भनें !तर तिनी मौन थिइन् | आखाँबाट आँसुका धारा बगी रहेको थियो | भन्दै थिइन् ,” आज म सदाका लागि तिमी कहाँ आएकी छु | धन दौलत को सुखले आत्मालाइ सन्तुष्टि नदिँदो रहेछ |तिम्रै नै जित भयो |” म असमंजसमा परें, म के गरौ ,कसो गरौ भएँ| उनी ले आफ्नो घर त्यागेर आएकी रहिछिन् | मेरो स्थिति नाजुक भयो| मैले केहि सोच्न सकिन | मैले उनलाई भावावेशमा के के भनेछु |मिठो नमिठो भनेछु | उनले मलाई जीवन रक्षा र आफुलाई अङ्गिकार गर्न जीवनको भिक्षा मागिन् | मेरो पाउ परिन् ,हात जोडिन् हुन सक्ने र सम्भव भएसम्म अनुरोध गरिन् तर म राक्षस भएछु | म ढुंगाको मन भएको मान्छे भएछु | मैले केहि भन्दा पनि सुनिन उनको चित्कार सुनिन ,एउटा नारी को हृदयविदारक भावना सुनिन | म पागल सरि अर्धहोसमा अट्टहास दिइ रहेँ, अट्टहास दिइ रहेँ …….|उनी मलाई के के भन्दै थिइन् |आँशुको थोपाहरु उनको गालाबाट कति चुहिए तापनि मरो मन पग्लेन ,कठोर बनि रह्यो | धैर्यताको बाँध भत्किएछ कि क्यारे उनी कठोर बनिन् | उनी दह्रो बनिन् र मलाई एक नजर लगाई फरक्क फर्किन् |उनले दह्रो निर्णय गरि सकिछिन्| मैले त्यति राती आफ्नो हृदयकी रानीलाइ जाँदा पनि रोकिन|

म झसंग भएँ ,म ब्युझियें ,मेरो मनमा ,हृदयको कुनामा कता कताबाट अपार मायाँको बाढी आयो| आफुलाई धिक्कार्दै उनी गएको बाटो तर्फ लागें | रात अन्धकार चुक घोप्टिए जस्तै चकमन्नता ,अँध्यारो ….|उनी भेटिने कुनै आशा भएन |बिचरी कहाँ गइ होली भनी पश्चाताप गरें| आफुलाई पनि घर फर्किन मन लागेन,नजिकै रहेको फेवाताल तर्फ लागें| अन्धकार रात छ ,सन्नाटा छ| अर्धचेतन या यस्तो परिवेश नभएको भए , म कति छेरुवा मान्छे; तर आज मलाई कुनै डर छैन ,कुनै त्रास छैन | केवल उनकै सुकोमल मुहार आफु अगाडी झ्ल्की रहेको छ |

फेवातालको किनारमा के पुगेको थिएँ ,पानीमा कोहि हामफालेको जस्तो आवाज आयो| चित्कार चिच्याहटको आवाज ! म आवाज तर्फ भाग्दै गएँ |अनायाशै पानीमा हामफालें | मेरो हातमा लामो कपाल पर्यो,किनारमा ल्याएँ| यसो हेरेको उनी नै मेरी ‘सञ्जु’ रहिछिन् | मलाई बिश्वास लागेन हेरें ,मुसारें उनी नै रहिछिन् | होसमा ल्याए पश्चात् उनले पनि मलाई चिनिन् |” मलाई किन बचाउनु भएको ? म मर्न चाहन्छु,मेरो यो जिन्दगीमा कोही छैन ! मा अभागिनी हूँ,कसैले मायाँ चाहेर पनि पाउंदैन तर मैले पाएर पनि ……………….मैले तपाईंलाइ तिरस्कार गरें| उनी रुन थालिन् | मैले सञ्जु नरोउ मैले तिमीलाइ माफ गरि सकेको छु | हाम्रो प्रेमले झ्याँग हाल्नेछ सञ्जु |सञ्जु खुशीले छाद हाल्न आइन् | मैले आफ्नो बाहुपाशले सहारा दिएँ |उनी मेरो छातीमा टाउको राखी रोइ रहिन् | म पनि उनको कपाल मुसार्दै ,ढाडस दिंदै

रोई रहेँ|

अस्तु …………..***
भक्त गुरुंग
एवरेट,यू॰एस॰

प्रतिक्रिया