शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:०९
वासिङटन डिसी 21:24

साझा प्रकाशनका महाप्रबन्धक शर्माले राजीनामा दिए

इनेप्लिज २०७५ चैत ५ गते १०:५५ मा प्रकाशित

काठमाडाैँ, ५ चैत । साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले राजीनामा दिएका छन्। शर्माले ४ दिनअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई राजीनामा बुझाएका हुन्।

शर्मालाई आफ्नै छापाखाना र देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप लागेका थिए ।

यसअघि साझामा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले महाप्रबन्धक शर्मालाई स्पष्टीकरण माग गर्न साझा प्रकाशनलाई निर्देशन दिएकी थिइन् ।

साझा प्रकाशन सहकारी संस्थाले गत बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टीकरण माग गर्दै शर्मालाई पत्राचार गरेको थियो।

प्रतिक्रिया