फ्लोरिडामा नक्कली बिहे गराउने व्यवसाय गर्ने भारतीय मूलका व्यक्ति प्रहरी द्वारा पक्राउ

इनेप्लिज २०७५ चैत ५ गते २:१४ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको पानामा शहरमा बसोबास गर्दै आएका भारतीय मूलका व्यक्ति किर्ते बिहे धन्दा गरेको आरोपमा प्रहरी द्वारा पक्राउ परेका छन् । ४७ बर्षिय रबि बाबु कोल्ला नामक भारतीय मूलका उनलाई गत मार्च १४ का दिन पैसा लिई जालसाजी बिहे तथा प्रवेशाज्ञा दिलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

यसै बीच उनका सह प्रतिवादी ४० बर्षिय महिला क्रिस्टल क्लाउडलाई २४ महिनाको कारावासको सजाय अदालतले सुनाएको छ । उनलाई गत बर्ष डिसेम्बर २८ का दिन नक्कली बिहे तथा भिसा ( प्रवेशाज्ञा) दिलाउने सम्बन्धि किर्ते काम गरेको आरोपमा पक्राउ गरिएको थियो ।

फेब्रुअरी २०१७ देखि अगस्त २०१८ सम्म नक्कली बिहे गराउने ब्यबसायमा संलग्न कोल्लाले अध्यागमन ( इमिग्रेसन ) बिहे नामक ब्यबसाय बे काउन्टीमा खोलेको युएससीआईएसले जनाएको छ ।

उक्त अवधि भर कम्तिमा ८० वटा किर्ते बिहे उनले गराएका थिए । जस मध्ये अमेरिका आएर समय भित्र नफर्केका तथा एक देशबाट अर्को देशमा अध्ययनको लागि बिधार्थी आदान प्रदान पर्यटक कार्यक्रम अन्तर्गत आई गैर कानुनि रुपमा बसेकालाई किर्ते बिहे गराएका थिए । उनले उक्त क्रियाकलाप अलाबामा गराएको बुझिएको अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

काउल्ड बिदेशी भएता पनि उनि अक्टोबर २०१७ मा उक्त जालसाजी बिहे व्यवसायमा सहभागी बनेका थिए । उनले नै सिधै अमेरिकन नागरिकसंग भारतीय नागरिक संग कम्तिमा १० भन्दा माथि बिदेशी नागरिकसंग किर्ते बिहे गराएकी थिइन् । उनले कोल्लालाई व्यक्तिगत सूचना समेत प्रदान गरेको उनलाई आरोप लागेको छ ।

कोलालाई हिरासतमा राखिएको छ । आगामी मे २२ ,२०१९ का दिन ११ बजे फ्लोरिडाको तालाहासिमा निर्णयको सुनुवाई हुने छ । कोल्ला अत्यधिक ५ बर्ष सम्म कैद हुने सम्भावना रहेको छ । यदि किर्ते बिहे,प्रवेशाज्ञा जालझेल तथा आर्थिक लेनदेन षडयन्त्र दोषी भएमा २० बर्ष सम्म कैद हुने छन् ।

श्रोत : युएससीआइएस

प्रतिक्रिया