सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:५६
वासिङटन डिसी 00:11

टेक्ससको लवकका नेपालीहरूले यसरी होलीपर्व मनाए

इनेप्लिज २०७५ चैत ४ गते २२:३८ मा प्रकाशित

लवक, अमेरिकाका विभिन्न शहरहरूमा होली पर्व मनाउने क्रममा टेक्सासको लवक शहरमा पनि यहॉका नेपालीहरूले होली उत्सव मनाएका छन् ।होलीपर्वको पूर्व सन्ध्यामा यहॉस्थित टेक्सास टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पहलमा होजेज पार्कमा उनीहरू जम्मा भई आज आईतबारका उक्त पर्व मनाएका हुन् । जीवनलाई सप्तरंगी वनाउदै उत्साह एवं हर्षोल्लासमय वनाउने उद्देश्यले यो पर्व मनाउने गरिन्छ ।

सात समुद्रपारी होली पर्व मनाउन पाएकोमा निकै खुशी लागेको वताउदै खुलेर सप्तरंगी भावनाको आदान-प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको उक्त आयोजनाका पहलकर्ता विद्यार्थी कुशल अधिकारिले बताए । टेक्सास टेक विश्वविध्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघ- टेक्सास टेकका अध्यक्ष समेत रहेका अधिकारीले आयोजनालाई संस्थागत भन्दा स्थानिय समुदायकै तर्फबाट सहभागिता जनाउने गरि अनौपचारिकरूपमा कार्यक्रम तय गरिएको वताए ।

सातसमुद्रपारी यसरी होली मनाउनु मनोरन्जनसाथै जन्मभूमीको कलासंस्कृतिप्रतिको सम्मान रहेको लवकस्थित नेपाली समाजका पूर्व अध्यक्ष वरिष्ठ वैज्ञानिक माधव पाण्डे वताए । सातसमुद्रपारीको एउटा सानो शहर भएपनि यहॉका नेपालीहरूको नेपाली सॉस्कृतिप्रतिको भावना निकै सम्मानयोग्य रहेको पत्रकार एवं नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष भोला आचार्य वताउछन् ।

एकअर्काबीच होलीपर्वको अबसरमा यहॉका नेपालीहरूले शुभकामना आदान-प्रदान गर्दै खुशी साटासाट गरेका थिए । मेलमिलापको भावना व्यक्त गर्ने यसखालका पर्वहरूले यहॉका मेपालीहरूलाई एकतामा बॉध्नेमात्र होईन जन्मभूमिप्रतिको संम्झना र सम्मान दर्शाउने गरेका छन् । लवक शहरमा २/३ सय नेपालीहरूको बसोबास रहेको वताईन्छ ।

प्रतिक्रिया