सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:३३
वासिङटन डिसी 23:48

पेन्सेलभेनीया राज्यमा होली भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७५ चैत ४ गते २२:२६ मा प्रकाशित

अमेरीका । अमेरीकाको पेन्सेलभेनीया राज्यको एक्टन सीटीमा एन्टा र अपन मधेशी समाजको आयोजनामा होली मीलन कार्यक्रम मनाईएको छ । होलि मनाउन अल्बानी,न्यू योर्क ,न्यु जर्सी पेन्सेलभेनिया डेलवेयर बाट संस्थाका सदस्य तथा सहभागीहरु पेन्सेलभेनिया पुगेका थिए ।

एन्टा न्युर्योक शाखा कि अध्यक्ष निलु झा खतिवडा र अपन मधेशी समाजको अध्यक्ष विनोद वैठा उपस्थितिमा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको थियो ।

अमेरीकामा प्रत्येक वर्ष होली मीलन कार्यक्रम मनाउने गरिएको र आगामी दिनमा पनि यसै गरी मनाउने आयोजकले जानकारी गराएका छन । होली मीलन कार्यक्रममा अमेरीकाको विभिन्न राज्यवाट नेपालीहरुले सहभागीता जनाएका थिए ।

सहभागी हुनेहरुमा डा डेविड नलिन,देवेन्द्र सिंह,विजय चन्द्र ,मनिष सिंह ,रंबिर शर्मा ,सन्दिप सिंह, रेखा कर्ण ,अपरजिता मिश्रा ,निलेश कर्ण ,सौरव शाह ,सन्तोष शाह ,महेन्द्र झा ,उमेश खतिवडा ,अभिषेक झा ,संजय झा ,,सुबाश कुशुवाह,श्याम शाह ,मखन पण्डित राजिव कुमार मेहता ,सागर भट्टराई ,जय शाह लगायत परिवार सहित भेला भई होली मनाएका छन् ।

मुकेश यादव ,राम मोहन शाह तथा मुकेश यादवको टोलिको अथक तथा मेहनत द्वारा सफलता पूर्वक सम्पन्न हुन् सकेकोमा निलु झा खतिवडालले धन्यवाद दिएकी छिन् ।

निलु झा खतिवडाले एन्टाका राष्ट्रिय अध्यक्ष विजय सिंहलाई पनि होली मनाउन हौशला तथा प्रोत्साहन गर्नु भएकोमा बिशेष धन्यवाद दिएकी छिन ।

प्रतिक्रिया