सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:११
वासिङटन डिसी 23:26

अमेरिकामा हर्सौल्लासका साथ होलि मनाइयो

इनेप्लिज २०७५ चैत ४ गते २१:२१ मा प्रकाशित

आज १७ मार्च २०१९ का दिन अमेरिकाको केन्टकी राज्यको लेक्जिन्टन सहरमा बसोबास गर्ने नेपालीहरु एक भै स्थानीय जकोब्सन पार्कमा भेला भै धुमधाम का साथ होलि पर्व मनाए | बिदेशमा बसेर नेपाली कला सस्कृतिको जगेर्ना गर्ने तथा आउदो पिडीलाई आफ्नो कला भाषा संस्कृति सिकाउनेमा लेक्जिन्टनमा बसोबास गर्ने नेपाली समुदाय जागरुक रहेको देखिन्छ | यसपालिको होलि पनि तेसै स्वरुप धुमधाम का साथ मनाइयो | सबैको हातमा रंग र अबिर थियो रातो निलो पहेलो अनेक रंग एक अर्कामा लगाउन ब्यस्त थिए भने कोहि नाचगान मा व्यस्त थिए | विदेशमा सबैको समय नमिल्ने वा भनेको समयमा फुर्सद नहुने हुदा अनुकुल मिलाएर नेपालमा मनाउदै गरेका चाड पर्व मनाउने गरिन्छ | यो पटक पनि यसै गरियो नेपालमा होलि आउन केहि दिन अगावै अमेरिका को केन्टकी राज्यमा भने धुमधामका साथ होलि मनाइयो |

रिसराग द्वेस मनमुटाव त्यागी एकता सद्भाव मित्रता भाइचारा लै आत्मा साथ गर्दै यहाँ पनि होलि मनाइयो | यस पटक सुदुर पश्चिमबाट अमेरिका आउनु भएकाहरुले त्यहाको स्थानीय तरिका अनुसार देउडा गएर होलि मनाइयो | त्यस्मा सबैको साथ र सहयोग थियो साथै सबैले उत्तिकै मनोरंजन का साथ नाच गान गर्नु भयो | सो कार्यक्रम मा होलि खेल्न आउने सबैलाई पिज्जा को व्यवस्था गरिएको थियो |विदेश मा गरिने यस्ता कार्यक्रमले नेपाली हरुले जहाँ गए पनि आफ्नो संस्कृति बिर्सने छैनन् आफ्नो कला भाषा संस्कृति जगेर्ना गर्ने छन् भन्ने दरो उदाहरण हो यो जहाँ बसे पनि आफ्नो समय अनुकुल आफ्ना चाड पर्व रितिरिवाज मनाउने कम नेपालीहरुबाट हुदै आएको छ र यो निरन्तर रहने छ | सम्पूर्ण कार्यक्रमको बिस्तृत भिडियो तलको लिंकमा छ |

प्रतिक्रिया