सेनाको आधुनिकीकरण

प्रेमबहादुर शाही २०७५ चैत ४ गते १०:१७ मा प्रकाशित

नेपाली सेनाले गएको सोमबार सेना दिवस मनायो। महाशिवरात्रि तथा सेना दिवसमा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प प्रदर्शनमा पूर्णबहादुर भण्डारी घाइते भए । सेनाले प्राविधिक कारणले दुर्घटना हुन गएको बतायो। घटना सामान्य देखिए पनि प्रमुख अंगरक्षक मानिने नेपाली सेना अझै आधुनिकीकरण भएको छैन भन्ने कुरा देखाइदिएको छ यसले । दिवसकै दिन नेपाली सेना घाइते हुनु भनेको सेनाको आफ्नै कमजोरी हो ।

नेपाली सेनाले तत्कालीन सरकार र माओवादीबीच भएको समान्य द्वन्द्वबाहेक सन् १८१६ पछि कुनै युद्ध लडेको छैन। यसपछि भर्ती भएका नेपाली सेनालाई युद्धबारे कुनै ज्ञान छैन् । अनुभव नभएको कुनै पनि कुरामा पोख्त ज्ञान हुँदैन। पछिल्लो समयमा अन्तर्राष्ट्रिय युद्धमा नेपाली सेना सामेल छैन । नेपाली सेनाले आफ्नो क्षमता र शक्ति प्रदर्शन गर्ने दिनमै नेपाली सेना आफैँ घाइते हुन भनेको सेनामाथि नै प्रश्न उठ्नु हो । नेपाली सेनाको अभिभारा अझै सशस्त्र प्रहरीले बहन गरेको छ । नेपाली सेनालाई जुन किसिमको तयारी अवस्थामा राखिनुपथ्र्यो, त्यो पनि गरिएको छैन ।

नेपाली सेनालाई चुस्तदुरुस्त बनाइ रक्षक अवस्थामा राखिनुपर्छ । सेनालाई पूर्ण सक्षम बनाउने विषयमा सरकार गम्भीर हुने गरेको छैन् । सेनाका लागि आवश्यक पर्ने हतियारसहित आवश्यक पर्ने सम्पूर्ण कुरा अभाव छ । त्यसमा न सरकारले ध्यान पु¥याउन सकेको छ न त सेना आफैँले त्यो पूरा गर्न सकेको छ। २०६२÷०६३ को आन्दोलनपछि साङ्गठनिक अवस्था कमजोर छ । नागरिक, सेना र सरकारबीचको सम्बन्ध पनि सुदृढ भएजस्तो लाग्दैन । देशको शान्ति सुरक्षाका लागि सेनाले धेरै राम्रा काम गर्दै आए पनि अब सेनालाई संख्यात्मकरूपमा भन्दा पनि गुणात्मकरूपमा अघि बढाउनुपर्छ । सरकारले आपतकालीन अवस्थामा मात्र सेनालाई बाध्यताका रूपमा प्रयोग गर्ने र त्यसपछि कुनै चासो नदिने परिपाटी हटाउनुपर्छ । सेनालाई सरकारले मनलागीरूपमा प्रयोग गर्नुहुँदैन । सेनाको आफ्नै ऐन कानुन भए पनि त्यो ऐन÷कानुन अनुसार परिचालन हुन सकेको देखिन्न । त्यसो त सेनामाथि दिन÷प्रतिदिन राजनीतिक हस्तक्षेप बढ्दै गएको पनि छ । देशमा पटक÷पटक नेपाली सेना कति हुनुपर्छ भन्ने बहस हुन्छ । देशमा आएको शान्तिपछि नेपाली सेनाको संख्या घटाउने वा बढाउने भन्नेमा दुई मत छ । देशका लागि नेपाली सेना कति आवश्यक छ भन्ने कुराको निष्कर्ष निक्लिएको छैन ।

सरकारी हस्तक्षेपका कारण कतिपय घटनामा सेना त्यत्तिकै विवादमा तानिने गरेको छ । यस्तो कार्यले कसैको हित गर्दैन । न सेनाको हित हुन्छ न त राष्ट्रकै। त्यसैले नेपाली सेनालाई विवादबाट मुक्त राख्न सक्दा तथा ऊसँग भएको स्रोत र विज्ञताको फाइदा उठाउन सक्दामात्र मुलुक अनि मुलुकबासीको हित हुन सक्छ । उसै त सबैजसो क्षेत्रमा राजनीतीकरण हाबी भइरहेका बेला सेनामा पनि यो बढ्दै गयो भने त्यो हानिको विषय हुनेछ । त्यसैले सेनालाई सक्दो आधुनिकीकरण गरेर बलियो बनाउनुपर्छ भने उसको शक्तिलाई मुलुकले भरपुर सदुपयोग गर्न सक्नुपर्छ ।

स्रोत नागरिक दैनिक

कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ, दैलेख
सम्पर्क नम्बर :+9779864732475
इमेल : –

[email protected]

प्रतिक्रिया