IELTS परिक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै, विद्यार्थीहरूलाई लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य

इनेप्लिज २०७५ चैत ३ गते १४:२४ मा प्रकाशित

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस ९क्ष्भ्ीत्क्० परिक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो । कार्यक्रममा बोल्दै आईडीपी क्ष्भ्ीत्क् का नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले क्ष्भ्ीत्क् परिक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउनेछ भन्ने विस्वास प्रकट गर्नुभयो ।
बिस्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा क्ष्भ्ीत्क् परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा सन्चालन गर्दछ । १९,५०० रुपैयाँ परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

सूचना तथा सञ्चार शाखा
इसेवा फोन पे प्रा.लि.
हात्तीसार काठमाडौ

प्रतिक्रिया