बुधबार, माघ ५ २०७८
काठमाडौं १६:३९
वासिङटन डिसी 05:54

डिसीमा ‘इन्जिनियर्स नाइट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

विजय थापा २०७५ चैत ३ गते १४:०१ मा प्रकाशित

वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपाली मूलका अभियन्ताहरुको संघले गत बर्ष झैँ यस बर्ष पनि ‘इन्जिनियर्स नाइट २०१९’ नामक कार्यक्रम सफलता पूर्वक गर्ने सम्पन्न गरेको छ ।

अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स ,डिसी शाखाले गत मार्च १६ तारिख शनिबारका दिन उक्त कार्यक्रम भर्जिनियाको मकलिन शहरमा आयोजना गरेको हो ।

अमेरिकामा रहेका नेपाली मूलका अभियन्ताहरुको ‘ईन्जिनियर्स नाईट २०१९ ‘ को डिसीबाट प्रत्यक्ष प्रसारण : बिजय थापा

Posted by Enepalese on Saturday, March 16, 2019

उक्त कार्यक्रममा संघका विभिन्न घोषणा गरिएको थियो भने आगामी संघको बार्षिक सम्मेलन सिकागो शहरमा हुने जानकारी ठाकुर ढकालले गराएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी ,सदस्य ,शुभ चिन्तक तथा आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि )तथा बिशेष अतिथि अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स का केन्द्रिय अध्यक्ष अभियन्ता डा उपेन्द्र कर्ण(बिद्या वारिधि)ले मन्तब्य राखेका थिए ।

ईन्जिनियर्स नाईट २०१९ ‘ सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण :बिजय थापा

Posted by Enepalese on Saturday, March 16, 2019

कार्यक्रममा डिसी शाखाका अध्यक्ष उत्तम सेडाईले स्वागत मन्तब्य राख्नुको साथै समुदायमा संस्थाले गरेको योगदान बारे सन्तोष ढकालले गरेका थिए । यसै गरि बिप्लेश निरौलाले अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स डिसी शाखाले भकुण्डो खेल प्रतियोगिता हुने तथा सुधा भुसालले महिला सम्बन्धि आगामी कार्यक्रम बारे चर्चा गरेकी थिइन् ।

ईन्जिनियर्स नाईट (रात्री)लाई मुख्य रुपमा मनोरंजन गर्ने अभिप्रायले गरिएकोले दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त सांस्कृतिक कार्यक्रमको संयोजन सुनिता अमात्य ले गरेकी थिइन् भने उक्त सांस्कृतिक कार्यक्रमको कार्यक्रम संचालन सुधा भुसाल तथा सन्दिप प्याकुरेलले गरेका थिए ।

अमेरिकामा ईन्जिनियर( अभियन्ता) को गजव नाच : ई ठाकुर ढकालको बेजोड़ प्रस्तुति :

Posted by Enepalese on Saturday, March 16, 2019

उक्त सांस्कृतिक साँझमा राम कृष्ण दनाईले राष्ट्रिय गीत जहाँ छन् बुद्धका आँखा गएका थिए भने सुयक्षा नेपालले मखमली चोलीमा नृत्य प्रस्तुत गरेकी थिइन् । अभियन्ता ठाकुर ढकाल तथा अन्जली ढकालले पिरिम नलाउने तथा अंशु न्यौपाने तथा इनेशा तिमिल्सिनाले कसले देला मन गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसै गरि सुदिन अमात्य तथा आभास थापाले सुन कथा एउटा गीत सहितको मिश्रित गीत प्रस्तुत गरेका थिए । यसै गरि ऐश्वर्य निरौला ,सदिक्षा बाध्यल तथा सुभी भुसालले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिप्लेश निरौलाले गीत प्रस्तुत गर्नु को साथै राम मणि ,अनुजा घिमिरे ,उत्तम सेडाई,सुजन सेडाई, सन्दिप/अर्चना प्याकुरेल ,सुनिता अमात्यले सामूहिक बेजोड नृत्य प्रस्तुत गरेका थिए ।

अन्त्यमा हरिहर सिवाकोटीले हास्य व्यंग्य प्रस्तुत गरेका थिए भने सांस्कृतिक कार्यक्रम पछि रात्री भोज साथै डिजे रात्री गरि कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया