मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:३४
वासिङटन डिसी 07:49

आगलागीमा १० घर नष्ट

इनेप्लिज २०७५ चैत २ गते १२:२० मा प्रकाशित

लहान, २ चैत । हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा आज दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब रु २६ लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट  हुँदा  सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया