मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:५३
वासिङटन डिसी 16:08

एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा जेदु पोखरेलको उम्मेदवारी

इनेप्लिज २०७५ चैत १ गते १४:२५ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष जेदु पोखरेलले एनआरएनए अमेरिकाको आगामी निर्वाचनको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

उनले गत मार्च १४ का दिन सामाजिक संजाल मुहार पुस्तिका ( फेसबुक) मार्फत जानकारी गराएका छन । एनआरएनए अमेरिकाको मेरिल्याण्ड शाखाका संस्थापक अध्यक्ष हुन् भने स्थापना काल देखि नै अन्य शाखा भन्दा सकृय रही समुदायमा प्रशंसनीय तथा उदाहरणीय काम गरि सकेका छन् ।

उनले सामाजिक संजालमा संक्षेपमा सदस्यहरुसंग सहयोगको लागि अनुरोध गरेका छन् । उनले सामाजिक संजालमा देशमा गैरआवाशिय नेपाली समाजको संरक्षण,संवर्धन र बिकासकको आवस्यकता हृदयंगम गर्दै अनि स्वदेशमा अधिकार र अस्तित्व रक्षाको लागी पहलकदमीको अनुभव बटुल्दै यहॉहरुको माझमा एनआरएनए -अमेरिकाको वरिष्ठ उपाध्यक्ष(१९-२१) पदको लागी उम्मेदवार बन्ने निर्णय गरेको छु भनि सामाजिक संजालमा राखेका छन् ।

साथै उनले बिगतमा आफ्नो अग्रसरतामा भए गरेका वा हुन बॉकि कामलाई निरन्तरता दिने प्रण गरि यहॉहरुको समक्ष आएको छु भनि छोटो जानकारी गराएका छन् ।

उनले उम्मेदवारी दिए पछि शुभकामना दिनेहरुको क्रम जारी छ भने उनले मेरिल्याण्ड राज्यको सवारीसाधन यातायात संस्थामा नेपाली भाषामा परीक्षा दिन पाउने र हाते पुस्तिका समेत प्रकाशित गर्न उनि र उनका टोली सफल भएका थिए । गैर आवासीय नेपाली सघको ईतिहास मै सम्भवत उक्त कार्य बिश्व मै पहिलो हुन् पुगेको थियो ।

उनि संग काम गर्ने दृढ संकल्प हुनुको साथै नेतृत्व लिन सक्ने क्षमता तथा परिणाममूखी काम गरेको प्रमाणित गरि सकेका छन् । समुदायले उनको कार्य शैली तथा नेतृत्वपन सम्बन्धि कुनै पनि शंका लिने छैनन् भन्ने विश्वास लिइएको छ । काम गर्ने मानिसको समुदायमा खडेरी रहेकोले उनि जस्ता सामाजिक अभियन्ता नेतृत्वमा आउनु पर्छ ।

बिगतका क्रियाकलाप हेर्दा कार्य( एक्सन) गर्ने र नतिजा दिन सक्ने भएकोले नेतृत्व लिन सकुन भन्दै उनलाई अग्रिम शुभकामना !

प्रतिक्रिया