बुधबार, जेठ ८ २०७६
काठमाडौं २१:०६
वासिङटन डिसी 11:21

एनआरएन अमेरिकाका लागि कृष्ण पोख्रेल द्वारा अध्यक्षका पदमा उम्मेद्वारी

इनेप्लिज २०७५ चैत १ गते १२:२२ मा प्रकाशित

ईनेप्लिज सम्बाददाता । आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा समाजसेवी कृष्ण पोख्रेलले अध्यक्षका लागि उम्मेद्वारी दिने निर्णय गर्नु भएको छ । लामो समय देखि अमेरिका बसोबास गर्दै आउनु भएका कृष्णजी वित्तिय व्यवसायमा आबद्ध हुनुहुन्छ ।

कृष्णजी स्पष्ट वक्ता ,कुशल संचालक, नेतृत्व क्षमता भएको, सहयोगी भावना भएको असल व्यक्ति हुनुहुन्छ | ” समाज सेवा मेरो हृदयमा बसेको छ, म यसबाट टाढा हुनै सक्दिन ” यी भनाइ हुन् कृष्णजीका । अघिल्ला कार्यकालहरुमा महासचिव, बरिष्ठ उपाध्यक्ष जस्ता दायित्वहरु जिम्मेवारी एवं कुशलतापुर्वक निर्वाह गरेर संस्थाको प्रगतिमा योगदान गर्नु भएको छ ।

“दायित्वलाइ जिम्मेवारीपुर्वक निर्वाह गर्नु कर्तब्य हो ” यी भनाइ पनि हुन् कृष्णजीका । वहाँ जस्तो व्यक्तिले मौका पाउनु भयो भने सबैको लागि राम्रो हुन्छ ।वहाँका agenda हरु के के हुन् , वहाँका योगदानहरु के के हुन् , किन त हामीले वहाँलाइ सहयोग गर्ने यी विषयहरु मा केन्द्रित रहेर हामी वहाँ संग यथासक्य छिट्टो कुराकानी गर्ने छौ । वहाँलाइ शुभकामना छ ।

प्रतिक्रिया