मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:५३
वासिङटन डिसी 16:08

न्यूयोर्कमा सामाजिक सुरक्षा मार्फत नेपाली महिलाहरूको सशक्तिकरण विषयक गोष्ठी सम्पन्न

इनेप्लिज २०७५ चैत १ गते ११:३१ मा प्रकाशित

न्यूयोर्कमा सामाजिक सुरक्षा मार्फत नेपाली महिलाहरूको सशक्तिकरण विषयक गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी युएन सिएसडब्ल्यू६३ साईड ईभेण्टमा नामक कार्यक्रम अन्तर्गत भएको हो ।

सयुक्त राष्ट्र संघ स्थित नेपाल स्थायी नियोगको आयोजनामा नेपाल मामलालाई लिएर उक्त गोष्ठीको आयोजना गरिएको हो । उक्त गोष्ठीमा सामाजिक सुरक्षा मार्फत नेपाली महिलाहरूको सशक्तिकरण विषयमा नेपालबाट आएका नेपाली महिला नेतृत्व तथा प्रवासमा बसोबास अर्ने सामाजिक कार्यकर्ताहरुले छलफल गरेका थिए ।

महिला बालबालिका तथा वरिष्ठ नागरिक मन्त्री माननीय थम माया थापा मगरले आरम्भ मन्तब्य भएको थियो भने सयुक्त राष्ट्र संघ स्थित नेपाली स्थायी नियोगका प्रतिनिधि अमृत राईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

यसै गरि अन्य वक्ताहरुमा क्रमस सिईडिएडब्लु कि उप सभापति तथा साथीकि कार्यकारी प्रमुख बन्दना राणा, जर्सी शहरकी नगर प्रमुखकि बिबिधिता तथा समाबेशी कि सल्लाहकार तथा एडवन कि संस्थापक सभापति डा बिष्णु कुमारी परियार,युएन महिला न्याय तथा सुरक्षा का वरिष्ठ नीति सल्लाहकार डा एएच मंजुरुल कबिर ,महिला बालबालिका तथा वरिष्ठ नागरिक मन्त्रालयकि सह सचिव रुद्रदेवी शर्मा तथा नेपाली उद्यमी अर्पणा रायमाझि ले छलफलमा सहभागिता जनाएका थिए ।

उक्त गोष्ठीमा कार्यक्रमको कार्यक्रम संचालन न्यु योर्क स्थित नेपाल नियोग कि प्रथम सचिव मुदिता बज्राचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया