दलबहादुर पुनको सक्रियतामा स्विजरल्याण्डबाट क्यान्सर पीडितलाई सहयोग

इनेप्लिज २०७५ चैत १ गते १०:२८ मा प्रकाशित

लामो समयदेखि स्विजरल्याण्डमा बस्दै आउनु भएका दलबहादुर पुनको सक्रियतामा विगत दुई बर्ष देखि क्यान्सर रोगले पीडित सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन ।

पुनको सक्रियतामा स्विजरल्याण्डका बिभिन्न स्थानमा बस्ने सहयोगी नेपालीहरुको आर्थिक सहयोग जम्मा गरि भएको ( २९०१ स्विस फ्रान्क ) ३ लाख २३ हजार नेपाली रुपैयाँ अन्नपूर्ण गाउँपालिका कास्कीका २५ बर्षिय सुजन पुनलाइ उक्त रकम दलबहादुर पुनकी बैनी माया पुन मार्फत गितकार तथा गायक कस्तुप पन्त र गायक कृष्ण समिप सुवेदीले पीडितका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरेका छन् ।

संकलनकर्ता दलबहादुर पुन लगाएत बिरामीका बाबू देउबहादुर पुनले मन खोलेर सहयोग गर्नु हुने सम्पुर्ण स्विजरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हिर्दय देखि आभार व्यक्त गरेका छन् ।

बिरामीका बाबू देउबहादुर पुनले सुजन पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि धेरै पैसा लाग्ने भएकोले र आफ्नो आर्थिक अवस्था निकै दयनिय रहेको बताउँदै सहयोग गर्न सवैलाई आग्रह गर्नु भएको छ ।

साथै उहालाई सहयोग तथा अन्य जानकारी लागि
नाम – देउबहादुर पुन
खाता –सिभिल बैंक
खाता नम्बर – ०२११०१९२१०७०१३
नेपालमा फोन नम्बर –९८१७१४४९५६र९८४९६५०६५२

सहयोगका साथ् साथै बिरामीको अवस्था बुझदै गायक तथा संचारकर्मी कृष्ण समिप सुवेदी ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया