गजल

कल्पना सुवेदी २०७५ चैत १ गते २:०१ मा प्रकाशित

तिमी मै हेर्छु देख्छु ऐना आखिर भएपछि
दुई शरीर एक आत्मा मन्जुर भएपछि

मायामा जेल परे आफ्नै घर भित्र कसरी
जेल हाल्ने अफिसर आफ्नै हजुर भए पछी

प्राइभेटमा माया सेक्योर गर्न मरिहत्ते
डेटा राख्ने चाही पब्लिक सर्भर भएपछि

वर्षमा एकचोटी प्रणय दिवस आउदा
गुलाफले नै हिर्काउने लभर भएपछि

म हु एक खुला किताब जसले चाहे पढ
तिम्रै नामको समर्पण कभर भएपछि

प्रतिक्रिया