मुकन्देको कटाक्ष: नेपालको राजनीतिक शक्ति राजा सगं मात्रै छ।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ३० गते २२:२० मा प्रकाशित

बिगत लामो समय देखि राजनैतिक र सामाजिक विषयहरुमा फरक तरिकाले फरक सैलिमा आफ्ना धारणा राख्दै आएका आफुलाई मुकुन्द लैण्ड को राजनैतिक कार्यक्रम को अभियान्ताको रुपमा चिनाउदै आएका एक सामाजिक आन्दोलनकारी सरल फरक पात्र मुकुन्द घिमिरेले मुलुकमा राजा कै शक्ति ओरिपरी रहेर मात्र राजनिती गर्न सक्ने नेताहरु भएकै कारण मुलुकमा राजा यथावत शक्तिमा रहेको र पुन राजसस्था स्थापित हुने र शिशु गणतन्त्र को अवसान चाडै हुने दाबी गरेका छ्न । हिजो राजा फाल्ने प्रक्रिया नपुगेकै कारण यस्तो भएको भन्दै राजनितिमा लागेकाहरुले नेपाली मौलिकताको खास असलियत नबुज्नु नै मुख्य समस्या भएको बताएका छन ।

सिकेराउतलाई हिरो बनाउन खोजिए पनि उनी कुनै राजनिती को शक्ति नै नभएको फेसबुके नेतामात्र भएको र उन्को कुनै राजनैतिक कारेक्रम नभए पनि मधेस अलग्याएर छुट्टै देश को रास्ट्रपति हुन खोजे पनि त्यो उन्को असफल र असम्भव रहर भएको बताएका छन । कुनै पनि जनताको सरोकारमा जनमत संग्रहबाट फैसला लिनु सुन्दर प्रक्रिया भए पनि नेपालमा जनमत हुनै नसक्ने कुरामा जनमत सङ्ग्रहको कुरा उठाएर जनमत सङ्ग्रह कै दुरुपयोग गर्न खोजिएको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया