बुधबार, जेठ ८ २०७६
काठमाडौं २१:३४
वासिङटन डिसी 11:49

नयाँ परिपाटीको शुरुवात गर्दै अनेसास ह्युस्टनको नयाँ कार्य समिति चयन

इनेप्लिज २०७५ फागुन ३० गते २१:४६ मा प्रकाशित

प्रबासमा रहेर नेपाली भाषा र साहित्यको उत्थान र सम्बर्द्वनको लागि भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ह्युस्टन च्याप्टर अमेरिकाले कमल मणि पन्थीको अध्यक्षतामा १९ सदस्यीय नया कार्य समिति चयन गरेको छ।नेपाली साहित्यलाई प्रबासको ब्यस्त जीबनमा पनि निरन्तरता दिई रहन, नयाँ पुस्तामा पनि नेपाली भाषाको निरन्तरता बनाइ राख्न र निरन्तर नेपाली संस्कृतिको जगेर्नाको लागी परेको यस संस्थाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै नया कार्यक्रमहरु समेत थप्दै अगाडी बढ्ने प्रणसहित नया कार्य समितिको सर्बसम्मत चयन गरेको छ। यस कार्यसमितिकोअध्यक्षमा कमल पन्थी उपाध्यक्षमा बासु पौडेल, मुना पौडेल, सतिश त्रिपाठी महासचिवमा अमृत लामिछाने सचिवमा प्रकाश लुइँटेल कोषाध्यछमा शेष बराल सदस्यहरुमा प्रभा निरौला,सदिक्षा रेग्मी, बसिल अर्याल, सोमुना सुबेदी मोदनाथ सोडा, बिनोद पोख्रेल, विजय झा, सुनिता लम्साल, कन्चन कोइराला, उषा पन्थी, अमृत कंडेल, बिदुर दवाडी, दिपेन्द्र गौतम, लक्ष्मण कंडेल, मिलन पाठक, निलहरि आचार्य, राजीव घिमिरे, सरिता सापकोटा, प्रकाश कंडेल रहनु भएको छ भने प्रमुख सल्लाहकारमा राजेन्द्र श्रेष्ठ रहनुभएकोछ।

नयाँ कार्य समिति चयन लगत्तै बसेको पहिलो बैठकले निबर्तमान अध्यक्ष तथा सम्पूर्ण कार्य समितिलाई धन्यबाद प्रस्ताब सर्बसम्मतले पारित गरेको थियो। यसका साथै उक्त बैठकले बार्षिक कार्यक्रमहरुको क्यालेन्डरनै बनाएर अगाडी बढ्ने निर्णय गरेको छ। नेपालि पाठशालालाइ नियमित र प्रभावकारी बनाउन, अभिभाबकहरु तथा पाठ्यक्रम बिज्ञहरुको सहभागितामा बिशेष कार्यक्रम गर्न लागिएको संस्थाका नबनिर्वाचित उपाध्यक्ष्य बाशु पौडेलले जानकारी गराउनु भयो।

नयाँ परिपाटी को शुरुवात संस्थाका नबनिर्वाचित अध्यक्ष कमलमणि पन्थीले संस्था दिगोरुपमा संचालन गर्न र यसका कार्यक्रमहरु प्रभावकारी बनाउन संस्था आर्थिक रुपले सबल हुने पर्ने र त्यसका लागि हरेक दिन प्रत्येक सदस्यले एक क्वार्टरका दरले जम्मा गरेमा बार्षिक बैठकमा सामुहिक खुत्रुकेमा जम्मा गर्ने योजना प्रस्ताब गर्नुभएको थियो। यस प्रस्ताबलाई उपस्थित सम्पूर्ण सदस्यले सर्बसम्मतले पारित गर्दै पहिलो बैठक बाटनै अर्थसंकलन सुरु गरि नया परिपाटीको शुरुवात गरिएको थियो।

नया कार्यक्रमको रुपमा आगामी महिना देखिनै मासिक रुपमा साहित्य लेखन र बाचनलाई प्रोत्साहन गर्न “मासिक साहित्यिक डबली” शुरु गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा विभिन्न बिधाका रचनाहरु लेखन सम्बन्धि तालिम तथा सैधान्तिक छलफल गराउन पहल गरिने निर्णय गरिएको संस्थाका नबनिर्वाचित महासचिब अमृत लामिछानेले बताउनुभयो।

प्रतिक्रिया