मंगलबार, चैत १२ २०७५
काठमाडौं ०२:१९
वासिङटन डिसी 16:34

ट्रम्पको राष्ट्रिय आपतकाल सिनेटमा असफल

१२ रिपब्लिकन सांसद ट्रम्पको विपक्षमा

यादवराज जोशी २०७५ फागुन ३० गते २०:३६ मा प्रकाशित

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमामा पर्खाल लगाउने वातावरण तयार गर्न घोषणा गरेको राष्ट्रिय आपतकाल माथिल्लो सदन सिनेटले अस्विकार गरेको छ । सिनेटमा बिहीबार मतदान हुदाँ पर्खालको विपक्षमा ५९ मत परेको थियो । सिनेटमा १२ रिपब्लिकन सांसदले पार्टीको निर्णयभन्दा बाहिर गएर मतदान गरेका थिए । तल्लो सदनमा गत महिना नै आपतकालको घोषणा असफल भैसकेको छ ।

सिनेटले रािष्ट्रय आपतकाल लगाउने निर्णयमा अंकुश लगाएपछि ट्रम्पले आफुले विशेष अधिकार प्रयोग गर्ने ट्विट गरेका थिए । एक शव्द भिटो लेखिएको राट्रपति डोनाल्ड ट्रम्पको ट्विट बिहीबार दिउसो भाईरल भयो । ट्विट गरेको आधा घन्टामा चारलाख १० हजारले यो ट्विटका विषयमा प्रतिक्रिया जनाए । पूर्वी समय अनुसार अपरान्ह ३ः१६ मा भएको ट्विट बहसको विषय बन्यो ।

राष्ट्रिय आपतकालमा राष्ट्रपतिले विशेष अधिकार प्रयोग गर्न पाउने प्रावधान छ । अमेरिकाको नेसनल ईमरजेन्सी एक्ट १९७६ को व्यवस्था अनुसार आपतकाल फिर्ता नलिए सधै सक्रिय रहने र राष्ट्रपतिलाई विशेष अधिकार समेत छ । तर, संसद त्यसमा अंकुश लगाउन चाहन्छ ।

उथाहका रिपब्लिकन सांसद माईक लिले राष्ट्रपतिले जारी गरेको आपतकाल ३० दिनभीत्र संसदको दुवै सदनले अनुमोदन गर्नु पर्ने व्यवस्था गर्न नेसनल ईमरजेन्सी एक्ट १९७६ मा संसोधन प्रस्ताव दर्ता गराएका छन् । यो प्रस्तावको ट्रम्पले समर्थन गरेका छन् । कानुन अद्यावधिक गर्ने कामलाई म समर्थन गर्दछु, ट्रम्पले आफ्नो ट्विटमा भनेका छन् ।

प्रतिक्रिया