नारायणगढको मुख्य चोकमै शंकास्पद बस्तु भेटियो, बम भएको आशंका

इनेप्लिज २०७५ फागुन ३० गते ११:०७ मा प्रकाशित

चितवन, ३० फागुन । चितवनको नारायणगढ बजार लायन्सचोकमा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम भएको आशंकामा सुरक्षा टोली खटिएको छ ।

सडक पेटीको चौतारामा सेतो प्लाष्टिकले बेरेर बाहिर पट्टी थोरै तार निकालेको पोका फेला परेको प्रहरीले जनाएको छ । दिउँसो करिब पौने तीन बजेको समयमा मोटरसाईकलमा आएका दुईजना ब्यक्तिले शंकास्पद बस्तु आफ्नो होटल अगाडी सडकपेटीमा छाडेर गएको स्थानीय भुपेन्द्र बस्नेतले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक युवराज तिमिल्सिनाको कमाण्डमा प्रहरी खटिएको छ । शंकास्पद वस्तुलाई नष्ट गर्न सेनाको बम डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया