न्यूयोर्कमा राष्ट्रपति भण्डारी संग अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ(ईन्जा) द्वारा संचार सम्बन्धि पत्र हस्तान्तरण

विजय थापा २०७५ फागुन ३० गते १०:५२ मा प्रकाशित

न्युयोर्क । राष्ट्रपति विध्यादेवी भण्डारीसंग अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ(ईन्जा )को एक प्रतिनिधि मण्डलले भेटी डायस्पोरा संचारका अवसर, चुनौति र ईन्जाले गर्न सक्ने कामहरुका बारेमा जानकारी गरायो ।

राष्ट्रपति संयुक्त राष्ट्र संघको “शक्तिमा महिला” विषयक उच्च स्तरीय कार्यक्रममा भाग लिन अमेरिका भ्रमणमा आउनु भएको थियो । ईञ्जाले गत मार्च १३ का दिन उक्त पत्र संस्थाका अध्यक्ष गुणराज लुइँटेलको नेतृत्वमा ईञ्जाका संचार निर्देशक तथा ईनेप्लिजका सम्पादक विजय थापा ,स्वतन्त्र संचारकर्मी तथा ईनेप्लिज कि आवासीय सम्पादक सच्ची मैनाली तथा ईञ्जा कार्यकारी समिति सदस्य तारा भट्टराई सहित राष्ट्रपति समक्ष भेटघाट गरि बुझाएको थियो ।

अध्यक्ष लुइँटेलले डायस्पोरा संचारको अवस्था ,अवसर, चुनौति र ईन्जाले गर्न सक्ने कामहरुका बारेमा प्रकाश पर्दै १३ बुदे सुझाव तथा प्रतिबद्धताहरु राष्ट्रपति लाई बुझाएको हो । उक्त बुदामा विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई ब्यबसायिक रुपमा एकबद्धता गर्ने ,नेपालमा यहाँका श्रोत साधन र अवसरहरुलाई मातृभूमिमा रहेका संचारकर्मी समक्ष पुर्याउने ,नेपालका बिभिन्न ठाउँमा रहेका संचार सम्बन्धि साना ठूला सबै संघ/संस्था संग मिलेर परिणाममुखी काम गर्ने लक्ष्य लिएको बताउनु भयो ।

वहाले ईञ्जाले ४ वटा महादेशमा शाखाहरु विस्तार गरि सकेको जानकारी गराउनु हुदै अमेरिकामा रहेका ५ वटा अन्तरराष्ट्रिय स्तरका बिदेशी गैर मुनाफामूलक संस्थाहरुसंग सम्बन्ध विस्तार गरि रहेको बताउनु भएको थियो ।

उक्त प्रतिनिधि मण्डलले राष्ट्रपति भण्डारीलाई नेपाल कै ईतिहास मै पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा गौरव महसुस भएको बताउदै नेपालमा राष्ट्रिय स्तरमा कम्तिमा ३३ प्रतिसत महिला प्रतिनिधित्व भएको तथा स्थानीय स्तरमा ४१ प्रतिसत प्रतिनिधित्व जस्ता उपलब्धिहरुका बारेमा प्रसंसा गरेको छ ।

उक्त भेटघाटमा दुई महिला संचारकर्मी सच्ची मैनाली तथा तारा भट्टराई संग राष्ट्रपतिले अभिरुचिपूर्वक महिलाहरुका बिषयमा उठान गरेका कुराहरु सुन्नु भएको थियो । उक्त प्रतिनिधि मण्डलले राष्ट्रपतिलाई ईञ्जाले अमेरिकामा स्वागत गर्दै ईन्जा गैर मुनाफामूलक संस्थाको रुपमा संसार भर बिकसित भै रहेको जानकारी गराएको थियो ।

उक्त प्रतिनिधि मण्डल राष्ट्रपतिको सम्मानमा राजदुताबास तथा सयुक्त राष्ट्र संघ स्थित नेपाली स्थायी नियोग द्वारा सयुक्त रुपमा आयोजित रात्रीभोजमा सरिक भएको थियो ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया