मंगलबार, जेठ ७ २०७६
काठमाडौं १९:२९
वासिङटन डिसी 09:44

प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियोसहित)

इनेप्लिज २०७५ फागुन २९ गते २२:४६ मा प्रकाशित

रोशन पोखरेल , काठमाडौं ।</strong> गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठटको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । काठमान्डौ आसपास र गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास गाजल टिमले लिएको छ । भिडियोको सफलताको लागी हाम्रो तर्फबाट शुभ कामना ।।

हेर्नुहोस भिडियो

प्रतिक्रिया