मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

अमेरिकासहित विश्वका ४३ देशमा बोईड. ७३७ म्याम्स ८ उडान प्रतिवन्ध

यादवराज जोशी २०७५ फागुन २९ गते १९:१४ मा प्रकाशित

यादवराज जोशी,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोईड. ७३७ म्याम्स ८ को उडानमा प्रतिवन्ध लगाउने घोषणा गरेका छन् । यसपछि, अमेरिकी हवाईजहाज निर्माता बोईड.ले निर्माण गरेको बोईड. ७३७ म्याम्स ८ माथि उडान प्रतिवन्ध लगाउने देशको संख्या ४३ पुगेको छ ।

क्यानडाले बोईड. ७३७ म्याम्स ८ माथि प्रतिवन्ध लगाएको केही घन्टापछि नै अमेरिकाले पनि उडानमा प्रतिवन्ध लगाएको हो । अब सबै बोईड. ७३७ म्याम्स ८ विमान अमेरिकी आकासमा उडने छैनन् । भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा दुर्घटनाको बेला गत अक्टोबर र यसै साता दुर्घटना भएको ईथियोपियन एसको बोईड. ७३७ म्याम्स ८ मा एकै किसिमको हरकत देखिएको भन्दै क्यानडाले बुधबार बिहान उडान प्रतिवन्ध लगाएको थियो ।

यसअघि, अमेरिकाले बोईड. ७३७ म्याम्स ८ को उडानमा प्रतिवन्ध नलगाउने बताउदै आएको थियो । अहिलेपनि अमेरिकाको संघिय उड्डयान प्रशासनले बोईड. ७३७ म्याम्स ८ विमानमा कुनै प्रणालीगत त्रुटी नभएको बताएको छ । बोईड. अमेरिकन विमान निर्माता कम्पनी हो । बोईड. ७३७ म्याम्स ८ माथि पहिलो उडान प्रतिवन्ध चीनले घोषणा गरेको थियो । यसलाई अमेरिका चिन व्यापार युद्धको परिणाम बताइएको थियो तर अन्य देशले पनि उडान प्रतिवन्ध लगाएपछि विमानमा कुनै खरावी रहेको अनुमान घनिभूत भएको छ ।

उडान भर्ने बित्तिकै दुर्घटना भएको ईथियोपियन वायुसेवाको विमान बोईड. ७३७ म्याम्स ८ दुर्छटनामा एकसय ५७ जनाको मृत्यू भएको थियो । यस्तै गत अक्टोबरमा लायन एअरको विमान दुर्घटनामा एकसय ८९ जनाको मृत्यू भएको थियो ।

स्रोतः दि न्यूयोर्क टाईम्स

प्रतिक्रिया