केपी ओली र प्रचण्डमा को शक्तिशाली ? कसको हालीमुहाली चल्छ ? यस्तो छ जन्मकुण्डली (भिडियो)

इनेप्लिज २०७५ फागुन २९ गते १०:५० मा प्रकाशित

पिएनपिखबर : सोम प्रसाद नेपाल एक ज्योतिष हुन्। उनी बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने गर्दछन। उनले अन्तर्वार्ताको क्रममा वर्तमान प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालको कुण्डलीबारे चर्चा गरेका छन्।

उनले केपी ओलीको जन्मकुण्डलीको बारे बताउँदै भने, ‘मिथुन लग्न छ जुन चलाख लग्न मानिन्छ, उहाँको ग्रहको कारण वाणी रुखो हुनाले अरुलाई घोच्ने गर्दछ। सन्तानको पाटो पनि निषेधित छ। त्यस्तै स्वास्थ्य अबस्थामा पनि बारम्बार बाधा आउने योग देखिन्छ।’

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालको लग्न सिहं भएका कारण धैर्य चाहिने र धैर्य नहुँदा कामहरु असफल हुने ज्योतिषले बताए। उनको चलिरहेको ग्रह दशा आउने साउनबाट सकिने र त्यसपछि ४ वर्ष सुर्यको दशा देखिन्छ। त्यस्तै उनले ग्रहको हिसाबले प्रधानमन्त्री र अध्यक्ष पुष्पकमल दाहालमध्य राज्य सत्तामा पुष्प कमल दाहालको बलवान रहेको नेपालले बताए। थप जानकारीका लागि हेर्नुहोस ज्योतिष सोम प्रसाद नेपालसँग गरिएको कुराकानी….

प्रतिक्रिया