फिल्मीखबर–सविन स्मृति रंग पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई

इनेप्लिज २०७५ फागुन २९ गते ०:०९ मा प्रकाशित

काठमाडौं : विगत १० वर्ष देखी नियमित रुपमा प्रकाशित हुदै आएको फिल्मीखबर साप्ताहिकले यस वर्ष पनि बर्ष व्यक्ति घोषणा गरेको छ । वर्ष व्यक्तिका रुपमा पुरुष तर्फ यस वर्ष हास्यँ कलाकार जीतु नेपाल र महिला तर्फ कोरीयोग्राफर तथा यसै वर्ष बाट निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई चयन गरेको छ । जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टी भि मा रीयालिटि शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् । साथै नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भीत्र ६०÷६५ शो कमेडी प्रस्तुती दीएका छन् । त्यस्तै म्यूजिक भिडियो बाटै प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रीनाशाले चलचित्र कोरीयोग्राफिमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखीएकी छिन् ।

वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णु प्रसाद सुवेदी पुरस्कृत हुने भएका छन् । विगत डेड दशक देखी रंग पत्रकारितामा संलग्न विष्णु सुवेदीले यसै वर्ष मात्र लेन्स नेपाल डट कम को वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए । विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–संगीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् ।

वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ समान गरीने छ भने रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवं १००१०।– (रु. दश हजार दश) राशी रकम सहित पुरस्कार प्रदान गरीने फिल्मीखबरले जनाएको छ ।

फिल्मीखबर नेपाली रंग पत्रकारिता इतिहासंमा १० औ वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका भएको छ । रंग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् । यस किसिमको अवसर पाउनुलाई फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले खुशी प्रकट गरेका छन् । प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सस्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् । पत्रिकाले आफ्नो दशौं वार्षिकोत्सव चैत १ गते एक कार्यक्रमका विच मनाउदै छ । सोही अवसरमा बर्ष ब्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरीने सम्पादक प्रियले बताए

प्रतिक्रिया