मंगलबार, जेठ ७ २०७६
काठमाडौं १८:२४
वासिङटन डिसी 08:39

ताजा समाचार : मेरिल्याण्डमा डा कार्की,अधिवक्ता जिसी ,डा पौडेल ,कलाकार वन्त सम्मानित

विजय थापा २०७५ फागुन २८ गते २३:१५ मा प्रकाशित

 

अमेरिकाको मेरिल्याण्डमा नेपाली समुदायमा योगदान गर्नु हुने नेपाली मूलका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उक्त कार्यक्रममा समाज सेवी डा श्याम कार्की ,न्यू योर्कका अधिवक्ता खगेन्द्र जिसी ,एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल तथा बाल्टिमोरका समाजसेवी तथा कलाकार ध्रुव वन्त लाई सम्मानित गरिएको छ ।

उक्त सम्मान मेरिल्याण्ड राज्यको एसियन अमेरिकन प्यासिफिक आयरल्याण्ड ककस( एएपीआई )ले आयोजना गरेको हो । उक्त सम्मान कार्यक्रममा नेपाली नृत्यहरु पनि प्रस्तुति गरिएको थियो ।

सम्मानित हुने डा कार्की,कलाकार ध्रुव वन्त,एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल तथा वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले खुशी व्यक्त गरेका छन ।

अमेरिकन राजनीतिको मुलधारमा प्रवेश गरेका बिधान सभा सदस्य ह्यारी भण्डारीको बिशेष पहल भएको थियो । सम्मानित हुने सवैले  ह्यारी भण्डारीलाई बिशेष धन्यवाद दिएका थिए । उक्त सम्मान समारोहमा मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि महा बाणिज्यदुत प्रेम राजा महत ,क्यालिफोर्नियाको लसएन्जलसमा बाट आउनु भएका महा बाणिज्य दुत ऋषि ढकाललाई लगायत समुदायका सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया