मंगलबार, जेठ ७ २०७६
काठमाडौं १९:२०
वासिङटन डिसी 09:35

मिल्वाकी नेपाली परिवारको अधिबेशन सम्पन्न

इनेप्लिज २०७५ फागुन २८ गते २३:१९ मा प्रकाशित

विस्कान्सिन राज्यको ग्रेटर मिल्वाकी शहर भित्र बसोबास गर्ने नेपाली समुदायको साझा सस्था मिल्वाकी नेपाली परिवारको साधरण सभा भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष भुपेन्द्र बिस्टले गरेका थिए भने कार्यक्रम दीपक पन्तले सन्चालन गरेका थिए। नियमित अधिबेशन मा सस्थाका दुई बर्षे कार्यकालमा भए गरेका उपलब्धीहरु अध्यक्ष भुपेन्द्र बिस्टले र आर्थिक बिबरण कोषाध्यक्ष दिपक थापाले प्रस्तुत गरेका थिए। साधारण सदस्य बिजया गिरीले महिला सहभागितामा सस्थाको ध्यान नपुगेको हो कि भनि सुझाब दिनु भएको थियो। कार्यक्रम को दोस्रो चरणमा निर्बाचन संयोजक अर्जुन बहादुर अधिकारीले आसन्न निर्बाचनमा एक अध्यक्ष सहित ५ जना बोर्ड मेम्बर सर्वसम्मत तरिका बाट निर्बाचित भएको व्यहोरा जानकारी गराउनु भएको थियो। जसमा अध्यक्षमा श्री सुमन उप्रेती र बोर्ड सदस्यमा हरि जोशी ,राजेश्वर निरौला,लक्ष्मण खड्का ,नवराज सापकोटा र बालकृष्ण गौतम निर्बाचित हुनुभएको छ। ४ बर्से कार्यकाल पुरागरि बाहिरिनु भएका सस्थाका उपाध्यक्ष श्री राम भुलान्जा , कोषाध्यक्ष दिपक थापा र बोर्ड सदस्य रबि बिस्टले आफुहरुले असजिलो परिस्थिति देखि आज सम्म सस्थाका कामहरुमा जिम्मेबारी पुर्बक निकै इमान्दारी पुर्वक कार्य गरेको र नयाँ पिडीलाई सस्थाले थालेका अधुरा कार्य हरु पुरा गर्न सुझाब दिनु भयो।

मन्तव्यमा तिनै जनाले लामो समय सस्थामा रही सघै कार्य गरेकाले छुट्टिनु पर्दा आखा रसाएको भनि भाब बिहल बनाउनु भयो। पुर्ब अध्यक्ष तथा सल्लाकार तिलक केसीले नयाँ टिम लाई बधाई तथा शुभकामना दिनु भयो र सस्थाको काममा आफु सधै नजिक भएर कार्य गर्न तयार रहेको बिचार ब्यक्त गर्नु भयो।बोर्ड मेम्बर  निर्मल गिरीले महिला /युवा /बच्चा र समाजको त्रिकोणात्मक समन्वयन बाट हाम्रो सास्कृतिक अस्मिता बाचाउन सकिने कुरामा जोड दिनु भयो। नब निर्बाचित बोर्ड सदस्यहरु सबैले समाजको लागी बिसुद्द गैर राजनीतिक उदेस्यकासाथ हातमा हात मिलाउने प्रतिबद्दता जाहेर गर्नु भयो। अन्तमा कार्यक्रम का अध्यक्ष बिस्ट ले सहभागी का प्रस्न हरुको उत्तर दिदै उपस्थित सदस्यहरु तथा नब नियुक्त्त बोर्ड सदस्यहरुलाई धन्यबाद दिदै आगामी कार्यकालको सफलताको कामना सहित कार्यक्रम समापन गर्नु भयो। कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया