नेपालको टिपिएस अवधी लम्वियो

यादवराज जोशी २०७५ फागुन २८ गते १८:५७ मा प्रकाशित

यादवराज जोशी

नेपालको अस्थायी सुरक्षित दर्जा (टिपिएस) को अवधी लम्विएको छ । नदर्न क्यालीफार्नियाको अदालतलमा चलिरहेको नेपाल र होन्डुरसको टिपिएस सम्वन्धी मुद्दा पक्ष (भट्टराई भर्सेज नेल्सन) र अमेरिकी सरकारसंग भएको सम्झौता अनुसार अवधी लम्बिएको हो ।

उक्त सम्झौता अनुसार नेपाल र होन्डुरसको टिपिएसको निर्णय सुडान, एल साल्भाडोर, हेईटी र निकारागुवासम्मिलीत अधिल्लो मुद्दा संगै निर्णय गरिने भएको हो । गत अक्टोबरमा उक्त मुद्दामा (रामोस एण्ड नेल्सन) टिपिएस अन्त्य गर्ने निर्णय गर्दा ट्रम्प सरकारले वैधानिक बाटो नअपनाएको भन्दै पक्षमा फैसला सुनाएको थियो । अमेरिकी सरकारले ति राष्ट्रको टिपिएस जनवरी २, २०२० सम्म बढाएको छ ।

“अब नेपालको टिपिएस जुन २४, २०१९ मा अन्त्य हुने छैन । यसको निर्णय सुडान, एल साल्भाडोर, हेईटी र निकारागुवाको मुद्दा संगै गरिने” भएको गैरसरकारी संस्था अधिकारले जनाएको छ ।टिपिएस पुनः नविकरण गर्न पर्ने वा नपर्ने विषयमा अमेरिकी सरकारले आगामी मे १० तिर आधिकारिक धोषणा गर्ने सम्भावना रहेको अधिकारले जनाएको छ । अव टिपिएस स्वतः नविकरण हुनेछ साथै दरखास्त दिनु नपर्ने र शुल्क तिर्नु पर्ने छैन ।

यसअघि मंगलबार नै अमेरिकी सांसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभमा टिपिएस, डाका (बाल्यकालमा अमेरिका आएका बालबालिका) लाई स्थायी बसोबासको अधिकार दिने विधेयक दर्ता भएको छ । उक्त ड्रिम एण्ड प्रोमीस विधेयक संसदमा पेस गराउन नेसनल टिपिएस एलायन्स, अधिकार लगायत विभिन्न संस्थाले पैरवी गर्दै आएका थिए ।

टिपिएसको समय लम्बिदा करिव १० हजार नेपालीले राहत पाउने भएका छन् । यसैगरी, करिव ५७ हजार होन्डुरसका नागरिकपनि लाभान्वित हुनेछन्

प्रतिक्रिया