महेश्वर पन्तको “नवोल्नेहरू” काठमाडौंमा विमोचित

गोविन्द गिरी “प्रेरणा “ २०७५ फागुन २८ गते ११:३१ मा प्रकाशित

अमेरिकाको वोष्टनलाई कर्मभूमि वनाएका सर्जक महेश्वर पन्तको ताजा कथा संग्रह “नवोल्नेहरू”को काठमाडौंमा एक भव्य समारोहका वीच विमोचन भएको छ ! विमोचन समारोहका प्रमुख अतिथि तथा अतिथिहरू नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पार्थिवेश्वर तिमिल्सिना, प्रेमछोटा, किशोर पहाड़ी, राजकुमार वानिया, गोपीकृष्ण शर्मा, लेखक स्वयम् लगायतले सामूहिक रूपमा विमोचन गरेका थिए ।

पुस्तक विमोचनपश्चात सो पुस्तकमाथि राजकुमार वानियाँ र किशोर पहाडीले समीक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकार गोविन्द गिरी प्रेरणा, पार्थिवेश्वर तिमिल्सिना तथा प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले पन्तलाई शुभकामना दिंदै देशवाहिर रहे पनि साहित्य सिर्जना गरेकोमा साहित्यिक लेखन तथा सकृयताको तारिफ़ गरेका थिए ।

कथाकार पन्तले आफ्नो लेखन यात्राको विषयमा जानकारी दिएका थिए ।

सर्जक पन्तका यसअघि “हराएको मान्छे” गजल संग्रह, “ओझेल परेको जून” गीत संग्रह तथा “मुन्द्री “ कथा संग्रह प्रकाशित छन् । उनका “झझल्को”, “विर्सनेको यादमा” तथा “रक्तदान जीवनदान” गीति एल्वम प्रकाशित छन् । उनी गायन तथा संगीतमा पनि संलग्न छन् ।

सद्य प्रकाशित कथा संग्रहमा १३ कथाहरू संग्रहित छन् । यो पुस्तकलाई शिखा वुक्सले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया