ट्रम्प दिनका औसत १२ झुठ बोल्छन

यादवराज जोशी २०७५ फागुन २७ गते १८:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनमा सरदर १२ झुठ बोल्ने गरेका छन् । राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले नौहजार १४ झुठ बालेका छन् । ट्रम्पले आफ्नो धारणा ट्विटर मार्फत सार्वजनिक गर्ने गरेका छन् ।

राष्ठ्रपति ट्रम्पले सन् २०१७ को अप्रिलमा इमिग्रेसन सम्वन्धि विषयमा दैनिक सरदर १५ वटा झुठ दावी गर्ने गरेका थिए । इमिग्रेसनका विभिन्न मुद्दामा संघिय अदालतको फैसला ट्रम्पको कार्यकारी निर्देशनविरुद्ध आउन थालेपछि जुलाईमा झुठको दर बढेको थियो ।

सन् २०१७ को जुलाईको अन्त्यमा ट्रम्पले सरदर २१ झुठ तथ्य अगाडि सारेर इमिग्रेसन क्षेत्रमा आफ्नो कदम सहि भएको प्रमाणित गर्न खोजेका थिए । जुलाई २५, २०१७ को दिन उनले सबैभन्दा बढी ५४ वटा झुठ बालेका थिए ।

सिनेटमा हेल्थकेयर रिप्लेस बिल (आबामा केयरलाई प्रतिस्थापन गर्ने विधेयक) सिनेटमा पेस भएको र असफल भएको बेला ट्रम्पले उक्त विधेयकको बारेमा दैनिक सरदर १७ झुठ बोलेका थिए । उनले सोही वर्षको सेप्टेम्बर २२ का दिन सबैभन्दा धेरै ३८ झुठ बोलेका थिए ।

करको दर परिवर्तन विधेयकको बारेमा पनि ट्रम्पले अनेकन असत्य कुरा बोलेको देखिएको छ । नोभेम्बर २९ को दिन करका बारेमा एकै दिनमा ४९ वटा झुठ बोलेका छन् ।

यसैगरी, सीमा पर्खालको विषयमा गत मेपछि ट्रम्पले सिलसिलावद्धरुपमा झुठ बोल्दै आएका छन् । जुलाई ५, २०१८ मा उनले ७९ वटा झुठ बोलेका छन् ।

सन् २०१८ को मिडटर्म इलेक्सनको बेला राष्ट्रपतिले सबैभन्दा बढी झुठ बोलेका छन् । नोभेम्बर ५ का दिन उनले एकसय ३९ वटा झुठ बोलेका थिए । यि झुठहरु आफु राष्ष्ट्रपति भएपछि भएको आर्थिक प्रगति, सीमा पर्खाल, आप्रवासीको अपराधमा सम्लग्नता र विपक्षी डेमोक्र्याटको नीतिको आलोचना गर्दा गरेका थिए । मिडटर्म इलेक्सनको बेला ट्रम्पले एकहजार दुईसय ९ झुठ बालेका छन् ।

यसै वर्षको मार्च २ मा ट्रम्पले एकसय २ झुठ बालेका छन् । उनको झुठहरु उत्तर कोरियासंगको आणविक वार्ता, सीमा पर्खालको आवश्यकता, वैदेशिक व्यापारका लगाएको करको उपलव्धी आदि विषयमा थिए । गर्भमेन्ट सटडाउनको बेला उनले कुल सातसय ३८ झुठ बालेका छन् । त्यसबेला उनको झुठ सीमा पर्खालको अवश्यकतामा केन्द्रित थियो । समग्रमा हेर्दा ट्रम्पको झुठ बोल्ने दर क्रमशः बढदै गएको छ ।

राष्ट्रपति ट्रम्पले बोलेका झुठ कैयनपटक दोहरिएका छन् । सबैभन्दा बढी दोहरिने उनको भनाई उनका पूर्व वकिल माईकल कोहनले पूर्व यौनकर्मीलाई चुप लगाउन ट्रम्पको निर्देशनमा एकलाख ३० हजार डलर दिएको बयानसंग सम्वन्धित छन् ।

यसैगरी चीनसंगको व्यापारमा वार्षिक पाँचसय अर्ब डलर घाटा भएको बताउदै आएका छन् तर सन् २०१७ मा चीनसंगको व्यापार घाटा तीनसय ७५ अर्ब घाटा भएको थियो । ट्रम्पले नयाँकर नीतिबाट गरिब र मध्यम वर्गियलाई निकै फाईदा भएको थियो । तर, नयाँ करबाट ०.९ प्रतिसत मात्र कर कटौती भएको थियो । यो सन् १९८१ रोनाल्ड रेगनले ल्याएको कर कटौती २.८९ प्रतिसतभन्दा निकै कम हो ।
ट्रम्पले बेला बेला हामी सीमा पर्खाल बनाउदै छौ । हामी चाडै नै पर्खाल निर्माण पुरा गर्ने छौ भन्दै आएका छन् । वास्तवमा ट्रम्पको पर्खाल निर्माण अझ सूरु भएको छैन ।

यसैगरी, ट्रम्पले आफ्नो समयमा इतिहासमै राम्रो अर्थतन्त्र भएको बताउदै आएका छन् । सन् १९४०, १९६० र १९८० मा अमेरिकी अर्थतन्त्र अहिलेभन्दा राम्रो थियो । इमिग्रेसनका विविध विषयमा डेमोक्र्याटले कुनै वास्ता नगरेको बताएका छन् ।

 

स्रोतः वासिड.टन पोस्ट, एजेन्सीहरु

प्रतिक्रिया