एनआरएनए स्वीडेनद्वारा सहयोग प्रदान

इनेप्लिज २०७५ फागुन २६ गते १९:०२ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको पहलमा चाइल्ड टु चाइल्ड सहयोग कार्यक्रम अन्तर्गत सिद्धार्थ मावि घोप्टेओढार, गंगादेव ३ रोल्पामा द्वन्दपिडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाई छात्र वृद्धि वितरण गरियो । एनआरएनए स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको प्रत्यक्ष सहभागितामा छात्रवृद्धि वितरण भएको हो।

बिगत डेढबर्ष देखि उक्त बिद्यालयमा अध्यनरत जेहेन्दार, द्वन्द पिडित, अपाङ्ग तथा अतिबिपन्न ५३ जना विद्यार्थीहरुलाइ स्विडेनको मासिक ५० क्रोनर रकम छात्रवृत्ति स्वरुप सहयोग पाउँदै आएका छन् । एनआरएनए स्विडेनको संयोजनमा चाइल्ड टु चाइल्ड कार्यक्रम अन्तरगत स्विडेनमा वस्ने नेपालीहरुका छोरा छोरिले आफ्नो खाजा खर्चवाट वचत गरेर मासिक ५० स्विडिस क्रोनर सहयोग पठाउदै आएका हुन्।

यसका साथै राष्ट्रिय समन्वयन परिषद स्विडेनले सिद्धार्थ नमूना बिद्यालय निर्माण अभियान चलिरहेको उक्त स्कुलमा रु ७ लाख बराबरको दुई कोठे भवनमा पनि आर्थिक सहयोग गरेको थियो।

त्यसैगरी एनसिसि स्विडेनले रुकुम वाँफिकोटको छिन्खेतमा हेल्थपोष्ट निर्माणको लागि १० लाख सहयोग गर्ने भएको छ । उक्त हेल्थपोष्टका लागि गाँउपालिकाले पनि १० लाख सहयोग गर्ने भएपछी २० लाख बराबरको हेल्थपोष्ट भवन निर्माण हुने भएको छ । भवनको शिलान्यास गत २१ फेब्रुवरी २०१९ का दिन गरिएको थियो ।

सिद्दार्थ माविलाई नमूना वनाउन एनआरएनए स्विडेनका अध्यक्षले निरन्तर सहयोग गर्ने घोषणा गर्नुका साथै परोपकारी कार्यमा सहयोग गर्ने यस योजनका ब्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्दे योजनामा सहयोगका लागि सहयोग गर्ने सम्पुर्ण स्विडेनबाशी नेपाली तथा बिदेशीहरुमा आभार प्रकट गरेका छन्।

प्रतिक्रिया